लमजुङ अस्पतालबाट सात हजारले एक वर्षमै लिए नि:शुल्क सेवा
नेपालबहस संवाददाता
असार २९, २०७९ बुधबार १९:५३:६
२९ असार , लमजुङ । लमजुङ जिल्ला अस्पतालबाट एक बर्षमा सात हजार सेवाग्राहीले नि:शुल्क उपचार सेवा लिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्ममा उपचारका लागि आएका ६ हजार नौ सय ५७ जनालाई अस्पतालले निस्शुल्क सेवा दिएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए ।
नि:शुल्क सेवा लिनेमा तीन हजार चार सय सात जना पाँच वर्षमुनिका बालबालिका छन् । अस्पताल प्रमुख श्रेष्ठकाअनुसार विभिन्न रोग र समस्या लिएर अस्पतालमा उपचारका निम्ती आएका गरिब, असाहाय, अपांग, ज्येष्ठ नागरकि लगायतलाई नि:शुल्क सेवा दिएको हो ।
अस्पतालले निस्शुल्कका स्वास्थ्य सेवा दिने क्रममा करिब दुई करोड रुपैयाँको सेवा दिएको प्रमुख श्रेष्ठले बताए । एक करोड ७२ लाख १० हजार तीन सय ७८ रुपैयाँ बराबरको नि:शुल्क सेवा दिएको हो ।
अस्पतालले पाँच वर्षमुनिका बालबालिकाका निम्ती मात्रै ७४ लाख ७५ हजार नौ सय ९७ रुपैयाँ बराबरको सेवा दिएको अस्पतालले जनाएको छ । मानव विकास तथा सामुदायिक सेवा नामक गैरसरकारी संस्थाको व्यवस्थापनमा संचालित लमजुङ जिल्ला अस्पतालमा ११ महिनामा मात्रै ६३ हजारभन्दा बढीले स्वास्थ्य सेवा लिएको अस्पतालको तथ्यांक छ ।
११ महिनामा आठ हजार पाँच सय ४५ जनाले आकस्मिक सेवा लिएका छन् भने एक हजारभन्दा बढीले प्रसुति सेवा लिएका हुन् । नेपाल सरकारको स्वामित्वको यो १५ शैयाको अस्पताल ०५८ सालमा मानव विकास तथा सामुदायिक सेवाले व्यवस्थापन जिम्मा लिई सामुदायिक अस्पतालको रुपमा संचालनमा आएको हो । अस्पतालमा हाल ६२ शैया रहेका छन् ।
अस्पतालले लमजुङलगायत वरपरका छिमेकी जिल्ला तनहुँ, गोरखा र मनाङका बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नेपाल–चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त अनुगमन
माघ १३, २०८१ आइतबार
म्याग्दीमा रु ३३ करोड ४६ लाखको सुन्तला बिक्री
माघ १३, २०८१ आइतबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ १३, २०८१ आइतबार
सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै
माघ १३, २०८१ आइतबार
पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
माघ १३, २०८१ आइतबार
बाढीले थुपारेको गेगर हटाउन सहयोग गर्दै हलेसी तुवाचुङ नगरपालिका
माघ १३, २०८१ आइतबार