शेयरबजारमा बुधबार पनि सुधार, तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट
नेपालबहस संवाददाता
असार २९, २०७९ बुधबार २१:२८:१५
२९ असार, काठमाडौं । शेयरबजारमा बुधबार पनि सुधार देखिएको छ । आज नेप्से परिसूचक ५९.५४ अंकले बढेको छ । यससँगै नेप्से परिसूचक १९८६.८२ विन्दुमा आएको छ । ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा करिब २ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ ।
असार मसान्त नजिकिँदै जाँदा बजारमा चमक आएको हो । यसअघि १८०७ विन्दुसम्म झरेको नेप्से सुधार भएर करिब २१ सय विन्दु आसपास पुगेको थियो । त्यसपछि फेरि बजारमा करेक्सन आयो । करेक्सनपछि बजारमा फेरि चमक आएको हो ।
बजारको दिगो सुधारका लागि वित्तीय प्रणालीमा पर्याप्त तरलता र ब्याजदर सस्तो हुनुपर्छ । यसैगरी, आम लगानीकर्ताहरुको मनोविज्ञान पनि सकारात्मक हुन आवश्यक छ । शेयरबजारमा उचारचढाव भइरहन्छ । यो बजारको स्वभाविक प्रक्रिया हो । बढेको बजार घट्न पनि सक्छ । शेयरबजारमा अवसरसँगै जोखिमको सम्भावना पनि अधिक हुन्छ भन्ने कुरालाइ ख्याल गर्दै लगानीसम्बन्धी निर्णय लिनुपर्ने हुन्छ ।
बुधबार २२५ कम्पनीको ५७ लाख ८७ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । सबै समूहका सूचकमा हरियाली छाएको छ । ९ करोड रुपैयाँभन्दा बढी कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआईसी एसिया र नेपाल बैंक परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सुनको भाउ तोलामा १६ सयले बढ्यो, कतिमा हुँदै छ किनबेच ?
पुष २८, २०८१ आइतबार
साल्ट ट्रेडिङ कर्पोरेसनको १० प्रतिशत नगद लाभांश घोषणा
पुष २८, २०८१ आइतबार
एक अर्कालाइ छुँदा किन करेन्ट लाग्छ ? जान्नुहोस्
पुष २८, २०८१ आइतबार
पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
पुष २८, २०८१ आइतबार
स्वर्णलक्ष्मी सहकारी ठगी: रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित
पुष २८, २०८१ आइतबार
सहकारी ठगी प्रकरण : रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै
पुष २८, २०८१ आइतबार