पुर्चौडीमा इन्टरनेटकाे झमेलाले उपभोक्तालाई सास्ती
नेपालबहस संवाददाता
असार २९, २०७९ बुधबार २३:१६:२०
♦ सीपी लोहिया
२९ असार, बैतडी । बैतडीमा अधिकांश दुर्गम ठाउँहरूमा अहिले सहजै टेलिफोन र मोबाइलबाटै इन्टरनेट चल्छन् । तर, पुर्चौडी नगरपालिकाको केन्द्र हाटमा भने अझै पनि टेलिफोन र इन्टरनेट सेवा लिन उपभोक्ताले सास्ती भोग्नु परेको छ ।
जिल्लाका अन्य शहरी क्षेत्रको तुलनामा पुर्चौडी व्यवस्थित बजार भए पनि फोन र इन्टरनेट सेवाको असहजताका कारण दुर्गम जस्तो बनेको छ ।
फोन र इन्टरनेट सेवा सहज रुपले नचल्दा सरकारी कार्यालयका कामकाज पनि सकसपूर्ण हुने गरेको पुर्चौडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बताए । उनले भने, ‘शिखर कम्पनीको इन्टरनेट जडान गरिएको छ । बेला बेलामा बिग्रिरहन्छ । बिग्रेको कयौं दिनसम्म पनि मर्मत हुँदैन् । गुनासो गर्न कम्पनीको सम्पर्क व्यक्तिलाई फोन गर्दा कहिलेकाँही मात्रै रेस्पोन्स हुन्छ ।’
मोबाइलबाट हटस्पट खोलेर काम चलाउने गरेको उनले बताए । कुँवरले भने, ‘झ्यालमा, रुखमा वा घरको छतमा मोबाइल राखेर हटस्पटका माध्यमबाट काम चलाउने गर्दछौँ । त्यसरी पनि कहिलेकाही काम हुँदैन ।’
इन्टरनेट समस्याका कारण नगरपालिकालाई आर्थिक कारोबार, पञ्जीकरणमा समस्या भइरहेको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर नेपालीले बताए । उनले भने, ‘यसपालि भुक्तानीका अधिकांश काम पहिल्यै सकेकाले सजिलो भयो । जसोतसो काम त सम्पन्न गर्यौं तर केहि सेवाग्राहीले इन्टरनेटको समस्यामा कारण झन्झट खेप्नुपर्यो ।’
पुर्चौडी हाटबजार दुई सयभन्दा बढी पसल तथा होटल भएको व्यवस्थित बजार हो । यहाँ अन्य ठाउँको तुलनामा कारोबार समेत बढी हुन्छ । यहाँ नगरपालिका कार्यालयका साथै बहुमुखी क्याम्पस, स्कूलहरू, बैंक तथा वित्तीय संस्था, इलाका प्रहरी कार्यालय र दर्जनौं सरकारी र गैरसरकारी कार्यालयको कामकाज इन्टरनेटका कारण प्रभावित हुने गरेको छ । गतवर्ष इन्टरनेटको समस्याका कारण पुर्चौडीमा दुई हजारभन्दा बढी सेवाग्राहीले बैंकमा योजनाका खाता समेत खोल्न पाएका थिएनन् ।
हाट बजारका लागि सोलार पावरबाट टेलिकमको टावर सञ्चालन गरिएकाले समस्या हुने गरेको नेपाल टेलिकम शाखा कार्यालय बैतडीका कार्यालय प्रमुख बिक्रमराम टमटाले बताए । उनले भने, ‘विद्युत नभएका सोलार जडित ठाउँमा सञ्चालित टावरमा मौसमको खराबीका बेला यस्ता समस्याहरु आउने गरेका छन् ।’
पुर्चौडीको कुँवाकोटमा सञ्चालित टावरमा विद्युत मागका लागि प्रादेशिक कार्यालयमार्फत स्टिमेट पठाएर सरकारसमक्ष विद्युतको माग गरेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार
गुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित
मंसिर १४, २०८१ शुक्रबार
कोशीका पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
कुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार