चीनको टोली फर्किए लगत्तै भारतले किन बोलायो माओवादी अध्यक्ष प्रचण्डलाई ?
नेपालबहस संवाददाता
असार ३०, २०७९ बिहिबार १५:५८:४
३० असार, काठमाडौं । चार दिने नेपाल भ्रमण सकेर चिनियाँ टोली फर्किए लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने भएका छन् । चिनियाँ टोली बुधबार चीन फर्किएको थियो भने प्रचण्ड शुक्रबार भारत भ्रमणमा जाँदैछन् ।
उनको भारत भ्रमणलाई लिएर राजनीतिक बृतमा टिक्का टिप्पणीसमेत सुरु भएका छन् । भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड भारत भ्रमणमा जान लागेको उनको निजी सचिवालयले जानकारी दिएको छ ।
दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार दाहाल शुक्रबार दिउँसो १ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । भाजपा अध्यक्ष नड्डाले धेरैअघि निम्तो पठाएपनि राजनीतिक व्यस्तताले भ्रमण हुन नसकेको बताइएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको चार दिने भ्रमणका क्रममा दाहालले पनि उनिसँग लामै कुराकानी गरेका थिए । लिउको टोलीले नेपालका कम्युनिष्ट पार्टीका सबै नेताहरुसँग भेटघाट गरेका थिए ।
लिउ नेतृत्वको टोलीसँग भएको नेपाली नेताहरुको भेटघाटका क्रममा चीनले नेपालको आन्तरिक मामिलामा आफू पनि हस्तक्षेप नगर्ने र अरु देशले पनि नगरुन् भन्ने सन्देश दिएको भनिएपनि प्रचण्ड भोली नै भारत जाँदा चीनले अर्को संकाको दृष्टिले हेर्नसक्ने जानकारहरु बताउँछन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटारमा भेट गर्दै गर्दा नेपालको कम्युनिष्ट पार्टीहरु एकआपसमा किन मिल्न नसकेका र किन भिन्न शक्तिसँग सहकार्य गरिरहेका छन् भन्ने प्रसँगबाट बाम गठबन्धनको कुरा उठाएका थिए ।
जानकारहरुका अनुसार चीन र भारतबीच उचित सम्बन्ध नहुनु र नेपालको वर्तमान सरकारले चीनलाई भन्दा भारत र अमेरिकालाई बढी महत्व दिइरहेको बुझाई चीनको छ । यसै विषयमा छलफल गर्न नेपाल आएको चिनियाँ टोली फर्किएको तीन दिनमै सत्ता गठबन्धनमा रहेको दलका नेता भारत जानु र त्यहाँका प्रधानमन्त्रीलाई भेट गर्नुले चीनलाई नेपालप्रति थप अविश्वास पैदा हुनसक्छ ।
प्रचण्डलाई भाजपा अध्यक्षको निमन्त्रणा आएपनि खासमा उनको भेटघाटको मूल उदेश्य र वार्ता भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग रहेको छ । शुक्रबार दिल्ली पुगेर प्रचण्डले दिल्लीमा एउटा कार्यक्रमलाई समेत सम्बोधन गर्नेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता सकेर प्रचण्ड साउन १ गते स्वदेश फर्कने कार्यक्रम तयभएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
अछाममा बाख्रा चराउन जंगल गएका २ किशोरी मृत फेला
माघ १३, २०८१ आइतबार
वाग्मती सफाइ महाअभियानमा काठमाडौं महानगर, ७ मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
माघ १३, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, अध्यादेशको पक्षमा उभिन रणनीति तय गर्ने
माघ १३, २०८१ आइतबार
तराईमा हुस्सु र कुहिरो, आज अन्य ठाउँको मौसम कस्तो रहला ?
माघ १३, २०८१ आइतबार
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
भोजपुरमा साढे ८ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी
माघ १३, २०८१ आइतबार