ड्युटीमा नजाने चिकित्सकलाई कारबाही
नेपालबहस संवाददाता
असार ३०, २०७९ बिहिबार १७:३८:८
३० असार, चितवन । भरतपुर अस्पतालका एक चिकित्सकलाई अस्पताल प्रशासनले ले कारबाही गरेको छ । गत आइतबार बिहान रासस बुलेटिनमा “भरतपुर अस्पतालः २४ घण्टासम्म ड्युटीका चिकित्सक राउण्डमा नजाँदा।” शीर्षकको समाचार प्रकाशित भएपछि अस्पताल प्रशासनले ड्युटीमा नजाने चिकित्सकलाई कारबाही गरेको हो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा. कृष्णप्रसाद पौडेलका अनुसार सो दिन ड्युटीमा रहेका डा. ऋतुराज तिवारीलाई कारबाही गरिएको हो । उनलाई तत्कालै स्पष्टीकरण सोधिएकामा चित्तबुझ्दो जवाफ नआएपछि बुधबार निजको करार भंग गरिएको मेडिकल सुपरिटेण्डेण्ट पौडेलले जानकारी दिए।
विगत तीन वर्षदेखि अस्पताल विकास समितिको दरबन्दीमा कार्यरत तिवारीले मेडिकल र वृद्धवृद्धा वार्डका साथै क्याबिनमा रहेका बिरामीको गएको शनिबार बिहान परीक्षणमा गरे पनि साँझ नगएपछि बिरामीका कुरुवाले गुनासो गरेका थिए । तत्कालै समाचार प्रकाशित भएपछि प्रमुख पौडेल र प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले सम्बद्ध चिकित्सकलाई कारबाही गरिने बताएका थिए ।
भरतपुर अस्पताल संघीय अस्पताल हो । यहाँ ६०० शय्या छन् । चितवनसहित २१ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । चिकित्सक र कर्मचारीले आफ्नो जिम्मेवारी पूरा नगरिदिँदा बिरामी तथा नितका आफन्तले हैरानी व्यहोर्नु व्यहोर्दै आएका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदेश सरकारद्वारा १७ हजार ८३१ परिवारको स्वास्थ्य बिमा
कात्तिक १६, २०८१ शुक्रबार
बस्तीमा हात्ती छिरेपछि सावधानी अपनाउन निकुञ्जको आग्रह
कात्तिक ११, २०८१ आइतबार
थाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित
कात्तिक ११, २०८१ आइतबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
इङल्याण्डमाथि शानदार जित निकालेको नेपालले भोली अस्ट्रेलियासँग खेल्ने
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार