प्रधानमन्त्री र गभर्नरबीच बालुवाटारमा छलफल, आजै राजीनामा दिने सम्भावना
नेपालबहस संवाददाता
असार ३०, २०७९ बिहिबार १९:२६:१६
३० असार, काठमाडौं । विवादमा तानिएपछि नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समयमा आएको विवादबारे जानकारी लिन बोलाएपछि बालुवाटार पुगेका गभर्नर अधिकारीले घटनाका विषयमा जानकारी गराएका छन् ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले डाकेपछि गभर्नर अधिकारी बालुवाटार पुगेका हुन् । उनले तयारी अवस्थामा रहेको मौद्रिक नीतिका विषयमा पनि प्रधानमन्त्रीलाई बिफ्रिङ गरेका छन् । नेकपा एमालेको अर्थ विभागको सदस्यका रुपमा काम गरिरहेको भन्दै अधिकारीको एम अधिकारीका रुपमा चर्चा भएपछि पछिल्लो विवादमा तानिएका हुन् ।
संसदबाट उनलाई राजीनामा दिएर बाहिरिन सुझावसमेत आइसकेको छ । तर बालुवाटारले अधिकारीलाई आर्थिक अवस्थाका विषयमा ब्रिफिङका लागि बोलाएको स्रोतले जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले लिएका छन् ।
मौद्रिक नीति आउने समयमा राजीनामा गर्दा पर्ने असर र नगर्दा त्यसले सरकारलाई पार्ने असरका विषयमा पनि प्रधानमन्त्री र अधिकारीबीच छलफल भएको छ । प्रधानमन्त्रीले गभर्नर अधिकारीलाई राजीनामा गर्न भनेको स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस
पुष २८, २०८१ आइतबार
दुई तिहाईको सरकारले अध्यादेश होईन, संसदबाट विधेयक ल्याउनुपर्छ : नेता एनपी साउद
पुष २८, २०८१ आइतबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
भीड तथा दङ्गा नियन्त्रण अभ्यास प्रदर्शन
पुष २८, २०८१ आइतबार
यसवर्ष महोत्तरीमा धान उत्पादन बढ्यो
पुष २८, २०८१ आइतबार
सिद्धार्थ लाईफ केयरद्वारा मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर
पुष २८, २०८१ आइतबार
काठमाडौं अदालतमा रवि लामिछानेको थुनछेक बहस जारी
पुष २८, २०८१ आइतबार
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस
पुष २८, २०८१ आइतबार
माघेसंक्रान्ति मेलाको तयारी अन्तिम चरणमा
पुष २८, २०८१ आइतबार