फेरि बढ्न थाल्यो कोरोना संक्रमण, तर किन भईरहेछ लापरवाही ?
नेपालबहस संवाददाता
साउन २१, २०७९ शनिबार २२:५१:४६
♦अनुसा थापा / भक्तपुर
केही दिनयता मुलुकमा कोरोना संक्रमण निरन्तर उकालो लागेको छ । देशभरका मठमन्दिर, चिडियाखाना र संग्रहालयमा मानिसको भीड यत्तिकै छ । दर्शन गर्ने नाममा मानिसहरू बालबच्चा बोकेर मन्दिर धाइरहेका छन् । यता, चिडियाखाना र संग्रहालय पनि कोरोना उत्पादन गर्ने कारखाना बनेका छन् । न मुखमा मास्क छ न सामाजिक दुरीको पालना । घुमघाम गर्न जानेदेखि त्यहाँको हेरचाह गर्नेहरुको मुखमा मास्क छैन् । मन्दिर वरपरका व्यापारीले पनि लापरवाही देखाएका छन् ।
अस्पतालले पनि गैरजिम्मेवारीपूर्ण कार्य गरिरहेको पाइन्छ । कोरोना नभए जसरी अस्पतालभित्र सर्वसाधारणहरु निस्फिक्री डुलिरहेका छन् । सरकारी होस् या निजी सबैले लापरवाही गरेका छन् । सर्वसाधारण र चिकित्सक दुवैले सरकारको मापदण्डको पालना गरेको पाइदैन् । मास्क नै नलगाई भटाभट बिरामी चेकजाँच गरिरहेका छन् । उता, सर्वसाधारणलाई पनि आफ्नो स्वास्थ्यको ख्याल छैन् । यता, सार्वजनिक सवारी साधनको त कुरै नगरौं । भौतिक दुरी त सार्वजनिक यातायातमा सम्भव नै भएन् ।
ढोकासम्म यात्रु हुँदा पनि खाँदेको खाँदै गर्छन् । सहचालक र चालकले मास्क नै लगाउँदैनन् । फुटपाथको हालत पनि उस्तै छ । सार्वजनिक पार्कलगायतका स्थानमा पनि जनस्वास्थ्य मापदण्ड पालना भएको भेटिदैन् । सिनेमा हल, सुपरमार्केट, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय, दोहोरी साँझ, डान्स बार, पार्टी प्यालेस, लामो रोडको सवारी साधनको टिकट काट्ने काउण्टरलगायतका क्षेत्रमा अति नै लापरवाही भएको छ । कसैलाई आफ्नो ज्यानको माया नै भएको देखिदैन् ।
कोरोना बढेको बढ्यै छ तर सबैले ख्यालख्याल गरिरहेका छन् । राजनीतिक दलहरु कार्यक्रम गर्छन् तर एउटा सामान्य मास्क लगाउन बिर्सिन्छन् । धमाधम कार्यक्रम गरेर कोरोना फैलाउने काम नेताद्धारा भइरहेको छ । भाषण ठोक्नेदेखि लिएर सुन्ने सबैको मुख खुल्लै हुन्छ । एउटालाई कोरोना लागेको रहेछ भने त्यहाँ सबै भ्रष्म हुन्छ । तैपनि कोही पनि अलिकति जिम्मेवार भएका छैनन् । जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, मालपोत र राहदानी विभागमा जतिखेर पनि भीड हुन्छ । मान्छेको हुल हुन्छ । त्यत्रो हुलमा मास्क लगाएका एकदुई जना मात्र भेटिन्छन् । त्यहाँ दुरीको त कल्पनै गरेरै साध्य छैन् ।
यता, विद्यार्थीहरु पनि कोरोनाको चपेटामा पर्ने निश्चित छ । एउटै बेञ्चमा आधा दर्जन विद्यार्थी राखेर पढाइन्छ । तर, तीमध्ये कसैले पनि मास्क लगाउदैन् । बच्चालाई त मास्क लगाउने कि नलगाउने के थाहा । आमाबुवा र विद्यालय जिम्मेवार बनिदिनुपर्यो । कालिमाटी, बल्खु, धुम्बाराही, तिनकुने, एकान्तकुना र भक्तपुरका तरकारी बजारमा एकदमै भीड हुन्छ । साना, ठूला व्यापारीदेखि लिएर किनमेल गर्ने आउनेको चाप थेगिनसक्नु छ । यता हेर्यो नि मान्छे उता हेर्यो नि मान्छे । व्यापारीदेखि लिएर ग्राहक सबै बेफिक्री डुलिरहेका छन् ।
ट्राफिक व्यवस्थापन गर्न बसेका ट्राफिक प्रहरी पनि जिम्मेवार छैनन् । ड्युटीमा खटिएका ट्राफिकले नै मास्क लगाउन बिर्सिएका छन् । सुरक्षा दिनबाट खटाइएका सुरक्षाकर्मी आफैपनि कोरोनाबाट सुरक्षित छैन् । उनीहरु सुरक्षित नबन्दा यसको चपेटामा पुरै समुदाय परेको छ । सुरक्षाकर्मीहरु पनि गैरजिम्मेवार भइदिएका छन् । देशको ओहोदामा बसेका मन्त्रीहरु आफै पनि स्वास्थ्य मापदण्डको पालना गर्दैनन् भने अरुलाई के सिकाउछन् ? सिंहदरबारका कर्मचारीहरु पनि मास्क लगाउदैनन् । संसद्मा पनि त्यस्तै छ । सभामुख र सांसद्हरु मास्क नलगाइ बसेका हुन्छन् । अलिकति पनि जिम्मेवार छैनन् ।
देशका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीले नै हेलचेक्रयाइ गरेका छन् । अभिभावक नै छाडा भएपछि छोराछोरी पनि त्यही सिक्ने भइहाले । बाहिरी मुलुकमा कोरोना बढेसंगै नेपाल फर्किनेको संख्या ह्वात्तै बढेको छ । छिमेकी भारतदेखि लिएर अन्य थुप्रै मुलुकबाट नेपालीहरु धमाधम फर्किदै छन् । एयरपोर्टमा एउटा हेल्थ डेस्कको व्यवस्थासमेत गरिएको छैन् । नेपाल आउनेबित्तिकै ऊ आफ्नो घर गइहाल्छ । जसको कारण कोरोनाले थप विकराल रुप लिने देखिन्छ । एयरपोर्टको भीडभाड हेरिसाध्य छैन् । बाहिरबाट आउने र यहाँबाट जानेको भीड थेगिनसक्नु छ । उनीहरुको आफन्त पनि एयरपोर्टमै भेटिन्छन् । यस्तो हुँदा पनि सुरक्षाकर्मीहरु टुलुटुलु हेरेर बसेका छन् ।
भारतमा कोरोना दर उकालो लागेसँगै नेपाल भित्रिने लर्को लागेको छ । कामको सिलसिलामा भारत पुगेकाहरुले कोरोना भित्राइरहेका छन् । सीमा नाकामा अलिकति पनि कडाइ नगर्दा यसको मारमा पुरै नेपाली परेका छन् । त्यस्तै, चलचित्रकर्मीले भिडियो, फिल्म बनाउँदा एउटा निश्चित मापदण्ड बनाएका छैनन् । फिल्ममा नाँच्नेदेखि लिएर हेर्नेको भीड उस्तै हुन्छ । ठलमठेल गरेर हेर्नलाई दर्शन पुगेका हुन्छन् । त्योपनि कोरोना फैलाउने कारखाना साबित भएको छ । घरघरमा कबाडी संकलन गर्न आउने र गाडामा तरकारी लिएर हिड्नेहरुले पनि कोरोना फैलाउन सहयोग गरेका छन् । हिजोको दिनमा कोरोनाले च्यापेको कुरा सबैले बिर्सिसकेका छन् ।
कोरोना केही होइनौं भनेर अहिले लापरवाही देखाइएको छ । सरकारले बनाएको मापदण्ड पालना गछौं भनेर व्यापारीहरुले व्यवसाय सञ्चालन गरे । तर, सरकारसँग गरेको बाचा कुनै पनि पुरा गरेनन् । सरकारले पनि व्यवसाय सञ्चालन गर्न दियो तर निरीक्षण गरेन् । भौतिक दुरीको पालना गछौं, स्यानिटाइजर राख्छौं, ज्वरो नाप्ने थर्मल गन राख्छौं, मास्क लगाउछौं, भीडभाड गर्दैनौ भनेर सरकारसँग गरेको बाचा कसैले टेरेनन् । यसअघि कोरोनाले विकराल रुप लिएपछि नेपालीहरुले हात मिलाउन छाडेका थिए । कसैलाई भेट्यो भने नमस्कार गर्थे । बाहिरबाट सामान किनेर ल्यायो कि हतारहतार पखाल्थे ।
पैसाबाट समेत कोरोना सर्छ भनेर त्यसमा स्यानिटाइजर छर्किने कामसमेत भयो । तर, अहिले यो सबै बन्द भएको छ । अहिले एउटालाई अर्कोलाई ठेल्दै हिड्छन् । हात मिलाउन होइन् अँगालो हाल्न पनि बेर लगाउँदैनन् । कोरोना कै कारणले नेपालमा लगभग १२ हजार नेपालीले ज्यान गुमाइसकेका छन् । तरपनि कसैको चेत खुलेको छैन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनहुँ कोरोनाको विवरण सार्वजनिक गर्छ । मन्त्रालयले दिएको विवरणले कोरोना बढेको छ भनेर पुष्टि हुन्छ । यत्रो कोरोना बढ्दा मन्त्रालयले स्वास्थ्य मापदण्डको पालना गरौं भनेर एउटा सूचनासमेत जारी गरेको छैन् । व्यापार व्यवसायलाई पनि कडाइ गरेको पाइदैन् ।
सरकारले कडाइ नगर्दा नेपालीहरु मर्ने दिन फेरि पनि सुरु हुँदैछ । मन्त्रालय व्यापारी सामु लम्पसार परेको हो ? कि त अहिलेको स्वास्थ्यमन्त्रीलाई पनि जनताभन्दा ठूलो कर र कमिशन भएको छ ? अहिलेका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले कोरोना नियन्त्रण गर्न चासो देखाएका छैनन् । मापदण्ड पालना गर्न जोड दिनु उनको जिम्मेवार हो । कोरोनाको मापदडसमेत पालना गर्न सक्ने क्षमता नभएकालाई मन्त्री बनाइएको छ । दैनिक भेटिएकोमध्ये सबैभन्दा धेरै कोरोना उपत्यकाभित्र छ । आधाभन्दा धेरै संक्रमित त उपत्यकामै छ । उपत्यकामा भव्य कोरोना फैलिदा पनि सरकारले थानकोट र साँगा नाका बन्द गरेको छैन् ।
यसअघिका काठ्माडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकामा कोरोना संक्रमण बढेपछि ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाका मेयरलाई बैठक बोलाएर नाका बन्द गर्ने निर्णय गरेका थिए । मेयरले कडाइ गरेपछि कोरोनाबाट क्षति कम भएको थियो । तर, अहिलेका मेयरको यतापट्टि ध्यान गएको छैन् । उपत्यकावासीलाई कसरी बचाउने ? कोरोना कसरी नियन्त्रण गर्ने ? यिनीहरुसँग योजना छैन् । यसअघि कोरोना चेक नगरी, क्वारेन्टिनमा साता नबिताइकन गाउँघर छिर्न मनाही थियो । तर, अहिले त्यो हराइसकेको छ । जो जहाँबाट आएपनि, गएपनि सिधै आफ्नो घर गइरहेका छन् । स्वास्थ्यमन्त्री ह्दय त्रिपाठी र भानु ढकालले लकडाउन गरेर पनि जनता बचाए ।
तर, स्वास्थ्यमन्त्री विरोध खतिवडा जनताप्रति अलिकति पनि जिम्मेवार भएनन् । व्यापारीसँग कमिशन खाएको, भ्रष्ट्राचार गरेकोलगायतका कुराहरु बाहिर आयो । २४ लाख डोज खोप काण्डमा समेत उनको नाम मुछिएको थियो । स्वास्थ्यमन्त्री गैरजिम्मेवार हुँदा उनको धेरै विरोध भयो । अहिलेको स्वास्थ्यमन्त्रीको काम हेर्न अझै बाँकी छ । उनले पनि अघिल्लो मन्त्रीको जस्तै पारा देखाए भने जनता अकालमा मर्नुपर्छ । जनताको बाँच्ने अधिकार सरकारले सुनिश्चित गरिदिनुपर्छ । व्यापारीहरुको पक्षमा निर्णय गरेर जनता मार्न पाइदैन् । जनता आफैपनि कोरोनाबाट बचौं, सचेत रहौं ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार
गौशाला धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले गर्ने
असोज २०, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
इप्पानद्वारा विद्युत् बिक्री सम्झौताको स्वागत
असोज २०, २०८१ आइतबार