कोरोना संक्रमण : भारतमा वृद्धि, दक्षिण कोरियामा केही कम
नेपालबहस संवाददाता
असार ३०, २०७९ बिहिबार २२:१५:११
३० असार , एजेन्सी । भारतमा बुधबारको तुलनामा कोरोना संक्रमण १९ प्रतिशतले बढेको छ । बितेका २४ घण्टामा २० हजार एकसय ३९ जना संक्रममित फेला परेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ ।
हिजोको तुलनामा आज तीन हजार दुईसय ३३ जना कोरोना संक्रणमित बढेका छन् । हिजो प्रकाशित विवरणअनुसार कोरोना संक्रणमितको सङ्ख्या १६ हजार नौ सय छ पुगेको थियो ।
हाल भारतमा कोरोनाका कुल संक्रणमितको सङ्ख्या चार करोड ३७ लाखभन्दा बढी पुगेको छ । भारतमा एक लाख ३६ हजार ७६ सक्रिय सङ्क्रमित छन् । यो कुल सङ्क्रमितको ०.३१ प्रतिशत हो । करिब चार महिनापछि १३ दिनयता सक्रिय संक्रणमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ ।
पछिल्लो एक दिनमा १६ हजार चारसय ८२ कोरोना संक्रणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३० लाख २८ हजार तीनसय ५६ पुगेको छ ।
बितेका २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३८ जनाको मृत्यु भएको छ । कोरोना महामारीका कारण पाँच लाख २५ हजार पाँचसय ५७ जनाको मृत्यु भएको छ । बुधबार तीन लाख ९४ हजार सातसय ७४ कोरोना परीक्षण गरिएको थियो । हालसम्म ८६ करोड ८१ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ ।
भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको छ । हिजो १३ लाख ४४ हजार सात सय १४ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ । हालसम्म कोरोनाविरुद्ध एक अर्ब ९९ करोड २७ लाख २७ हजार पाँचसय ५९ मात्रा खोप लगाइएको छ ।
दक्षिण कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या हिजोको तुलना आज केही घटेको छ । बुधबार ३९ हजार एकसय ३६ जना कोरियाको नयाँ सङ्क्रमित भेटिएका स्वास्थ्य अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।
योसँगै दक्षिण कोरियामा सङ्क्रमितको सङ्ख्या एक करोड ८६ लाख ४१ हजार एकसय नौ पुगेको छ । कोरोना सङ्क्रमणबाट बुधबार १६ जनाको मृत्यु भएको थियो । देशमा हालसम्म २४ हजार छ सय ९६ जनाको मृत्यु भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
तिब्बतममा भूकम्पपछि ६४६ परकम्पन
पुष २४, २०८१ बुधबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार