सरकारले नेपाल प्रहरीका लागि हतियार किन्ने निर्णय गरेको छैन्ः प्रधानमन्त्री देउवा
नेपालबहस संवाददाता
असार ३०, २०७९ बिहिबार २३:४५:२८
३० असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले नेपाल प्रहरीका लागि हतियार किन्ने निर्णय नगरेको बताएका छन् । देश आर्थिक संकटमा गइरहेका बेला सरकारले अनावश्यक विषयमा खर्च बढाउन लागेको भन्दै चौतर्फि विरोध भइरहेका बेला प्रधानमन्त्री देउवाले यस्तो निर्णय सरकारले नगरेको बताएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरुले देशमा डलरको सञ्चिती घटेर अर्थतन्त्र धरासयी बनिरहेका बेला नेपाल प्रहरीका लागि डलर खर्च गरेर हतियार किन्न लागेको भन्दै सरकारमाथि प्रश्न उठाएपछि देउवाले यस्तो कुनै निर्णय नभएको बताएका हुन् ।
आजको बैठकमा पनि अर्जुननरसिंह केसी र अन्तिममा बोलेका गोपालमान श्रेष्ठलेसमेत यसबारेमा कुरा उठाएपछि देउवाले हतियार किन्न कुनै निर्णय नभएको बताए । श्रेष्ठले हतियार किन्न लागेको हो भने सरकारले रोक्नु पर्ने भनेपछि देउवाले उनलाई रोकेर हतियार किन्ने कुरा कहाँ बाट आयो भन्दै यस्तो कुरा सरकारले नगरेको बताएका थिए ।
विदेशी मुद्रा सञ्चितिका घटेका कारण अर्थतन्त्र धरासायी बन्ने भन्दै आयातमा कडाइ गरिरहेका बेला सरकारले नेपाल प्रहरीका लागि ८४ करोड रुपैयाँ बराबरको हतियार तथा भिड नियन्त्रण सामग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको विषय अहिले चर्चामा छ ।
नेपाल प्रहरीले सात वर्ष अघिदेखि हतियार खरिद नभएको भन्दै एक अर्ब ३५ करोड रुपैयाँ बराबरको हतियार तथा गोलीगठ्ठा खरिद गर्ने प्रस्ताव गरेको थियो । तर सरकारले यो आर्थिक वर्षको अन्त्यतिर प्रहरीलाई हतियार खरिदका लागि ८४ करोड रुपैयाँ रकमान्तर गरिदिएको भन्ने कुरा आइरहेका बेला प्रधानमन्त्री देउवाले यस्तो निर्णय नभएको बताएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस संसदीय दलको बैठक बस्दै, अध्यादेशको पक्षमा उभिन रणनीति तय गर्ने
माघ १३, २०८१ आइतबार
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
माघ १३, २०८१ आइतबार
बाढीले थुपारेको गेगर हटाउन सहयोग गर्दै हलेसी तुवाचुङ नगरपालिका
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
अछाममा बाख्रा चराउन जंगल गएका २ किशोरी मृत फेला
माघ १३, २०८१ आइतबार
वाग्मती सफाइ महाअभियानमा काठमाडौं महानगर, ७ मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
माघ १३, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, अध्यादेशको पक्षमा उभिन रणनीति तय गर्ने
माघ १३, २०८१ आइतबार