वागमती नदीमा फेला परेको डल्फीन प्रहरी नियन्त्रणमा
नेपालबहस संवाददाता
असार ३०, २०७९ शुक्रबार ३:४३:१
३० असार, रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिकास्थित वागमती नदीबाट फेला परेको अनौठो माछा डल्फीन रहेको बताइएको छ । दुर्गाभगवती गाउँपालिका वडा नम्वर १ गंगापिपरास्थित वागमती नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा स्थानीयले डल्फीन माछा फेला परेको बताएका हुन् ।
दुर्गाभगवती गाउँपालिका वडा नम्बर २ घर भएका राजकुमार सहनीले वागमतीमा करेन्ट लगाउँदा करिव ११ किलोग्राम तौलको माछा भेटाएपछि बिक्रीको लागि पिपराबजारमा ल्याएका थिए ।
पिपरा बजार बिक्रीको लागि माछा हेर्न स्थानीयको भीड लागेको थियो । सहनीले सो माछाको मूल्य एक किलोको १ हजार राखेका थिए। तर नेपालमा डल्फीन माछा मार्न र खान प्रतिबन्ध छ ।
भारतको समुन्द्र हुँदै सो माछा नेपालको बागमती नदीमा आएको हुनसक्ने दुर्गाभगवती गाउँपालिकाको अध्यक्ष शम्भु सिंहले बताए । उनले दुर्गा वडा नम्वर ५ बडहर्वा नजिक सोही प्रजातीका धेरै माछाहरु देखिएको दाबी गरे । उनले डल्फीन संरक्षण गरेर आन्तरिक पर्यटनलाई टेवा पुर्याउनुपर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय, रौतहटका एसपी विनोद घिमिरेले माछालाई नियन्त्रणमा लिइसकेको र आवश्यक अनुसन्धान गर्न डिभिजन वन कार्यालय रौतहटलाई बुझाएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
एक अर्कालाइ छुँदा किन करेन्ट लाग्छ ? जान्नुहोस्
पुष २८, २०८१ आइतबार
पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
पुष २८, २०८१ आइतबार
स्वर्णलक्ष्मी सहकारी ठगी: रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित
पुष २८, २०८१ आइतबार
सहकारी ठगी प्रकरण : रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै
पुष २८, २०८१ आइतबार
दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ति नजिकीएसँगै सखरखण्डर र पिँडालुको मूल्य आकाशियो
पुष २८, २०८१ आइतबार