आगामी निर्वाचनमा सोचेर मात्रै दलीय गठबन्धनमा जान सभापति देउवालाई कोइरालाको आग्रह
नेपालबहस संवाददाता
असार ३१, २०७९ शुक्रबार १५:१९:२३
३१ असार, जनकपुरधाम । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दलीय गठबन्धन गर्दा पार्टीका आम कार्यकर्ताको भावनालाई आत्सात गरी सोच विचार पुर्याएर मात्रै निर्णयमा पुग्न सभापति देउवालाई आग्रह गरेका छन् ।
डा. कोइरालाले अहिलेको सत्ता गठबन्धनमा रहेका दलहरुसँग आगामी निर्वाचनमा पनि गठबन्धन गरेरै जाँदा हुने फाइदा र बेफाइदाको गम्भिर समीक्षा नगरी हतारमा दलीय गठबन्धन गर्दा आम कार्यकर्ताको भावनामा चोट पुग्ने र यसले नेपाली कांग्रेसको संगठन निर्माणमासमेत असर गर्ने भएकाले नेतृत्वलाई सोचर मात्रै निर्णयमा पुग्न आग्रह गरेका हुन् ।
जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा वरिष्ठ नेता कोइरालाले स्थानीय तह र प्रतिनिधि सभाको निर्वाचन फरक रहेकोले दूरगामी सोचका साथ गठबन्धन गर्नुपर्ने बताए । उनले कांग्रेसलाई धेरै फाइदा हुने र यसबाट कार्यकर्तामा निरासा पनि नआउने गरी निर्णय लिन सभापति देउवालाई सुझाएका छन् ।
अधिकांश कांग्रेसी कार्यकर्ताहरु गठबन्धनको पक्षमा नरहेको दावी गर्दै कोइरालाले मधेसका जिल्लाका सभापतिहरूसमेत गठबन्धनको पक्षमा नरहेको तर गठबन्धन नै गर्नुपर्ने अवस्था आए न्यूनतम सिट दिएर मात्रै गठबन्धन गर्नुपर्ने बताए । उनले गठबन्धनका न्यूनतम मापदण्ड पूरा गरेर कांग्रेसले अगाडि बढ्नुपर्ने बताए ।
कोइरालाले अर्थमन्त्री जनार्दन शर्माको राजीनामाले मुलुकको राजनीतिमा गडबडी ल्याएको बताए । यस्तो संवेदनशील घटनामा अर्थमन्त्रीको राजीनामा मात्रै पर्याप्त हुन नसक्ने उनले जिकिर गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
काठमाडौं अदालतमा रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस सुरू हुने
पुष २८, २०८१ आइतबार
गोरखानाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ मा सहभागी टोली
पुष २८, २०८१ आइतबार
च्याम्पियन ट्रफिका लागि न्युजिल्यान्डको टिम घोषणा, सुरुवाती खेल पाकिस्तानसँग
पुष २८, २०८१ आइतबार
सुरक्षा पन्तको चलचित्र ‘खेल’ वैशाख १२ मा रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक
पुष २८, २०८१ आइतबार