लाउडा प्रकरणमा गोली लागेका घाइतेलाई २१ वर्षपछि क्षतिपूर्ती दिन सिफारिस
नेपालबहस संवाददाता
असार ३१, २०७९ शुक्रबार १५:५५:४
३० असार, खोटाङ । राष्ट्रिय मानव अधिकार आयोगले लाउडा प्रकरणको बिरोधका क्रममा खोटाङमा २१ वर्षअघि भएको गोली काण्डका घाइतेलाई क्षतिपूर्ती दिन सरकार समक्ष सिफारिस गरेको छ ।
लाउडा बिमान खरिद प्रकरणका बिरुद्ध दिक्तेलमा १३ जेठ २०५८ मा मसाल जुलुस प्रदर्शन गर्नेक्रममा प्रहरीको गोली लागेर घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका दिपनारायण रिजाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दिपेन्द्र राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका विद्यामनी तामाङ र केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाका प्रताप राईलाई क्षतिपूर्ती उपलव्ध गराउन आयोगले सरकार समक्ष सिफारिस गरेको हो ।
तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला नेतृत्वको सरकारले अनियमितरुपमा लाउडा बिमान खरिद गर्ने निर्णय गरेपछि त्यसका बिरुद्ध ६ बाम घटक अन्तरगत खोटाङमा एमाले र जनमोर्चाले बिरोध स्वरुप मसाल जुलुस प्रदर्शन गर्नेक्रममा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा चार विद्यार्थी घाईते भएका थिए ।
आयोगले घाइतेलाई जनही एक लाखका दरले राहत तथा क्षतिपूर्ती दिन सिफारिस गरेको हो । प्रतापको २८ माघ २०६२ मा मृत्यु भइसकेकाले उनका हकवालालाई क्षतिपूर्ती उपलव्ध गराउन आयोगले भनेको छ । “घटना भएकै महिना आयोगमा उजुरी दिएका थियौँ,” रिजालले भने, “रजिष्ट्री गरिएको चिठ्ठीमार्फत राहतका लागि सिफारिस भएको जानकारी पाएका हौँ ।”
संलग्न मिसिल, पीडितको बयान, प्रत्यक्षदर्शीको भनाई, उपचार गराएको कागजात, प्रहरी प्रधान तथा पुर्व क्षेत्रीय प्रहरी कार्यालय रानी बिराटनगरको पत्रबाट प्रदर्शनकारीले मसाल जुलुस निकालेको र उक्त जुलुस सकिएपछि प्रहरीले हवाइ फायर गरेको, सो क्रममा चार जनालाई गोली लागि घाइते भएको र घाइतेहरुको तत्कालिन सरकारले उपचार गराएको पुष्टी भएको आधारमा राहत तथा क्षतिपूर्तीका लागि सिफारिस गरेको आयोगले जनाएको छ ।
यस्तै, एउटै घटनामा प्रहरी प्रधान कार्यालय र तत्कालिन पुर्वक्षेत्रीय प्रहरी कार्यालय रानीको जवाफ बाझिएपछि यथार्थ जानकारी उपलव्ध गराइदिन पटक–पटक पत्राचार गर्दा प्रहरी प्रधान कार्यालयबाट कुनै जानकारी प्राप्त नहुँदा आयोगको कार्यमा सहयोग नगरेको अवस्था देखिएको भन्दै अवदेखि यस्तो गल्ती नदेहोर्याउन र आयोगले मागेको विवरण यथार्थ रुपमा समयमै उपलव्ध गराउन निर्देशन दिने निर्णय आयोगको छ ।
लाउडा प्रकरणमा करोडौं भ्रष्टाचार भएको दावी गर्दै तत्कालिन प्रधानमन्त्रीको राजीनामा माग्दै साँझमा निकालिएको मसाल जुलुसमाथि दिक्तेलको हाटडाँडा पुगेर फर्किने क्रममा जिल्ला प्रहरी कार्यालय अगाडि गोली चलाइएको थियो । मसाल जुलुस प्रदर्शनका क्रममा दिपेन्द्रको दुबै खुट्टा र हातमा, दिपनारायणको बायाँ खुट्टामा, विद्यामनीको बायाँ खुट्टामा र प्रतापको बायाँ हातको पाखुरामा गोली लागेको थियो । गोली लाग्दा दिपेन्द्रको खुट्टा छियाछिया बनेको छ ।
उनको अहिले पनि खुट्टामा गोलीको गहिरो डोव देख्न सकिन्छ । घट्नाकाबेला दिपनारायण र दिपेन्द्र विद्यार्थी राजनितीमा संलग्न थिए । उसबेला ११ वर्षका विद्यामनी कक्षा ६ र ८ वर्षका प्रताप यूकेजीमा अध्यनरत थिए । लाउडा प्रकरणमा प्रदर्शनकारीमाथि गोली चलाएको घट्नालाई जिल्लामा दिक्तेल गोली काण्डका रुपमा चिन्ने गरिन्छ ।
घाइते बनेकामध्ये दिपनारायण एमालेका नेता एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका निवर्तमान मेयर र दिपेन्द्र नेकपा माओबादी केन्द्रका नेता छन् । लाउडा प्रकरणका घाइतेलाई नेकपा माओबादी केन्द्रले २३ औं जनयुद्ध दिवसको अवशर पारेर १ फागुन २०७४ मा सम्मान गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
माघ ९, २०८१ बुधबार
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
माघ ७, २०८१ सोमबार
भुल्केमा डोको बोकेर पानीको जोह गर्ने दिनको अन्त्य
माघ ५, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वीरगञ्ज नाकाबाट हुने निर्यात बढ्यो, ६ महिनामा २९ अर्ब २७ करोडमाथिका बस्तु निकासी
माघ १३, २०८१ आइतबार
नेपाल–चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त अनुगमन
माघ १३, २०८१ आइतबार
म्याग्दीमा रु ३३ करोड ४६ लाखको सुन्तला बिक्री
माघ १३, २०८१ आइतबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ १३, २०८१ आइतबार
सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै
माघ १३, २०८१ आइतबार