प्रहरी महानिरीक्षक नियुक्तिबिरुद्ध परेको रिटमाथि आज सुनुवाई, फैसलाको सम्भावना भने न्यून
नेपालबहस संवाददाता
असार ३१, २०७९ शुक्रबार १७:३:३१
३१ असार, काठमाडौं । सरकारले वरिष्ठलाई छाडेर कनिष्ठलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति गरेको भन्दै त्यसविरुद्ध परेको रिटमाथि आज पनि सुनुवाइ हुँदैछ । उक्त मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन जस्तैछ ।
नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाई आज भएपनि आजै फैसला आउने सम्भावना भने नरहेको बताइएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलाशमा सुनुवाइ भइरहेको उक्त मुद्दाको पेसी पटकपटक हेर्दाहेर्दैमा राखेर सारिँदै आइएको छ ।
आज रिट निवेदक तर्फबाट जवाफी बहस सकिएपश्चात सर्वोच्चले फैसलाको प्रक्रिया थाल्नेछ । एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियरलाई आईजीपी बनाएको भन्दै गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
एआईजी बढुवा सिफारिसविरुद्ध परेको रिटमा पोखरेलको रिटलाई ‘लगाउ’ राखेपछि जेठ ३० गतेबाट अन्तिम सुनुवाइ सुरू भएको थियो । सरकारले ज्येष्ठता तथा बरीयता मिचेर आईजीपीमा बढुवा गरेको भन्दै एआईजी पोखरेलले सर्वोच्चमा सो निर्णय बदर हुनुपर्ने माग रिटमा गरेका छन् ।
पोखरेलले रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय र नवनियुक्त महानिरीक्षक सिंहलाई विपक्षी बनाएका छन् । उनले सरकारको निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार कृषि अनुदानमा खर्च
पुष २८, २०८१ आइतबार
काठमाडौं अदालतमा रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस सुरू हुने
पुष २८, २०८१ आइतबार
गोरखानाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ मा सहभागी टोली
पुष २८, २०८१ आइतबार
च्याम्पियन ट्रफिका लागि न्युजिल्यान्डको टिम घोषणा, सुरुवाती खेल पाकिस्तानसँग
पुष २८, २०८१ आइतबार