श्रीलङ्काका राष्ट्रपतिको राजिनामा स्वीकृत
नेपालबहस संवाददाता
असार ३१, २०७९ शुक्रबार १९:०:५१
३१ असार, एजेन्सी । श्रीलङ्कामा देशैभरि बृहत् विरोध प्रदर्शन भइरहँदा शुक्रबार सभामुख महिन्दा यापा अबयवार्देनाले गोटाबाया राजपाक्षले राष्ट्रपतिको रुपमा दिएको राजिनामा स्वीकृत भएको बताए ।
“राष्ट्रपतिको राजीनामा स्वीकृत भएको छ । आवश्यक कानुनी प्रक्रियापछि संसद सदस्यहरूलाई भोलि नयाँ राष्ट्रपति निर्वाचित गर्न आमन्त्रित गरिनेछ,” सभामुख अबेयवार्देनाले भने ।
आन्दोलनकारीको निरन्तरको दबावलाई साम्य पार्ने प्रयासस्वरूप सम्बोधन गर्दै एबेयवार्देनाले जुलाई १४ देखि राष्ट्रपतिले कानुनी रूपमा आफ्नो कानुनी कर्तव्य र जिम्मेवारीबाट राजीनामा दिएको बताए ।
उनले संसदद्वारा नयाँ राष्ट्रपति निर्वाचित गर्ने टुङ्गो नलागेसम्म श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रेमसिङ्हेलाई अन्तरिम राष्ट्रपतिको रूपमा शपथ दिइने पनि बताए । श्रीलङ्काको संविधानको धारा ४० तथा १९८१ को विशेष प्रावधानको ऐन नं। २ का बमोजिम राष्ट्रपति चयन गरिने अबेयवार्देनाले बताए ।
उनले थपे, “यो प्रक्रिया सफलतापूर्वक र छिटो पूरा गर्ने मेरो मनसाय हो । प्रजातान्त्रिक परम्परालाई पवित्र राख्ने दक्षिण एसियाली क्षेत्रको सबैभन्दा पुरानो प्रजातन्त्र भएकाले यो प्रक्रियालाई पारदर्शी र प्रजातान्त्रिक ढंगले पूरा गर्नु श्रीलंकाको इतिहासमा मात्र नभई विश्वको प्रजातान्त्रिक इतिहासमा पनि एउटा कोसेढुङ्गा हुनेछ ।”
उनले यस लोकतान्त्रिक प्रक्रियामा सहयोग गर्न पार्टीका नेता, राज्य पदाधिकारी र सुरक्षाकर्मीबाट सहयोगको लागि अनुरोध गरे।
एबेयवार्देनाले भने, “ शान्तिपूर्ण वातावरण सृजना गर्नका लागि श्रीलङ्काका हाम्रा सम्मानित र प्रिय नागरिकहरूलाई मेरो विशेष अपील छ । यसले संसदका सबै सदस्यहरूलाई स्वतन्त्रतापूर्वक संसदमा उपस्थित हुन र आफ्नो अन्तस्करणअनुसार कार्य गर्न अनुमति दिनेछ ।”
सात दिनभित्र राष्ट्रपतिको निर्वाचन प्रक्रिया लाई निष्कर्षमा पु-याउने लक्ष्य रहेको सभामुखले प्रस्ट पारे । यसैबीच सिंगापुरको परराष्ट्र मन्त्रालयले राजपाक्षलाई निजी भ्रमणमा सिंगापुर प्रवेशको अनुमति दिएको पुष्टि गरेको छ । मन्त्रालयले भनेको छ, “उनले शरण मागेका छैनन् र शरण दिइएको पनि छैन ।”
माल्दिभ्सबाट बिहीबार साँझ साउदी एअरलाइन्सको उडानमा सिंगापुर पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । राजपाक्ष र उनकी पत्नी सिंगापुरमै रहने र मध्यपूर्वतर्फको थप यात्रा नगर्ने बताइएको छ ।
यसअघि विभिन्न सञ्चारमाध्यमद्वारा सार्वजनिक समाचारमा साउदी एअरलाइन्सको विमान एसभी–७८८ सिंगापुर पुगेका श्रीलङ्काका राष्ट्रपति र उहाँकी पत्नी साउदी अरबको जेदा जाने रिपोर्ट गरिएको थियो ।
जुलाई ९ मा प्रदर्शनकारीको भीडले राष्ट्रपतिको निवासमा आक्रमण गरेपछि ७३ बर्षीय राजपाक्ष देशको कुनै स्थानमा लुकेर बसेका थिए । यसपछि राजपाक्ष आफ्नी पत्नीसँगै सुटुक्क माल्दिभ्सतर्फ गएका थिए। उनले गत बुधबार आफ्नो राजीनामा पत्र हस्तान्तरण गर्ने घोषणा गरेका थिए ।
उनको अनुपस्थिति र राष्ट्रपति पदबाट राजिनापछि मुलुकको संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेलाई श्रीलंकाको अन्तरिम राष्ट्रपति नियुक्त गरिएको थियो ।
शनिबार फोर्टस्थित राष्ट्रपति भवनमा हजारौं प्रदर्शनकारी प्रवेश गरी कार्यालय कब्जा गरेपछि राजपाक्ष त्यहाँबाट सुरक्षाकर्मीको सहयोगमा भागेर सुरक्षित स्थानमा गएका थिए । प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेसमेतले जारी विरोधका बीच आफ्नो पदबाट हट्ने घोषणा गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
भूकम्पपछि उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपति सी चिनफिङको अपिल
पुष २३, २०८१ मंगलबार
भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार