मुटुको उपचारका लागि पश्चिमान्चल अस्पतालमा क्याथ ल्याब सञ्चालन
नेपालबहस संवाददाता
असार ३१, २०७९ शुक्रबार १९:२:२३
३१ असार, पोखरा । गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पताल पश्चिमान्चल अस्पतालमा मुटु रोग उपचारका लागि क्याथ ल्याब सञ्चालनमा ल्याइएको छ । रोटरी इन्टरनेसनलको सहयोगमा मुटुरोग उपचार केन्द्र सञ्चालनमा आएको हो ।
करिब सात करोड लगानीमा रोटरीले क्याथ ल्याब सञ्चालनमा ल्याएपछि मुटुका विरामीले पोखराबाटै उपचार पाउने भएका छन् । यसअघि महंगो शुल्क तिरेर काठमाडौं र भारतसम्म उपचारका लागि जानुपर्ने विरामीले अब पोखरामै उपचार पाउने भएका हुन् ।
केही समयअघि अस्पतालले पोखरामै मृगौलाको सफल प्रत्यारोपण पनि गरेको छ । योसँगै जटिल रोगका विरामीको उपचार अब पोखराबाटै हुने गरी उपकरण जडान गरिने स्वास्थ्यमन्त्री भवानी खापुङले बताए । क्याथ ल्याब हस्तान्तरणमा उनले मुटुको उपचारमा संघ सरकारले कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए । ‘मुटु निकै संवेदनशील छ । सामान्य विरामी हुँदा पनि हेलिकोप्टर चढेर काठमाडौं जानुपर्ने अवस्था हिजोका दिनमा थियो,’ उनले भने, ‘अब पोखरामै उपचार हुन्छ । स्वास्थ्य सेवा केही सुलभ र सस्तो भएको छ । यो खुसीको कुरा हो ।’
पोखराका मेयर धनराज आचार्यले पनि दातृनिकायसँग मिलेर आफूहरूले पोखरामा गुणस्तरीय स्वास्थ्य सेवाको हब बनाउने बताए । ‘दातृ संस्था र सामाजिक संघ स्थाको ठूलो भूमिका हुन्छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान संघ सरकारको मातहत छ । तर सेवा दिने हाम्रै हो,’ उनले भने, ‘हामी यसलाई स्वास्थ्यको हवका रूपमा विकास गर्न चाहन्छौं । संघ सरकारले र प्रदेश सरकारले पनि सहयोग गरोस् ।’
रोटरी इन्टरनेसनलका अध्यक्ष शेखर मेहताले पोखराको सरकारी अस्पतालमा क्याथ ल्याब स्थापना गर्दा खुसी लागेको बताए । यसअघि पनि रोटरीले अस्पतालमा ह्वील चियर, उपकरण, औषधिलगायत करोडौंको सहयोग वर्षेनी गर्दै आएको छ । अब आँखा अस्पताल निर्माणका लागि आफूहरू जुटेको मेहताको भनाइ छ । उक्त क्याथ ल्याब प्रतिष्ठानलाई हस्तान्तरण गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
म्याग्दीमा रु ३३ करोड ४६ लाखको सुन्तला बिक्री
माघ १३, २०८१ आइतबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ १३, २०८१ आइतबार
सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै
माघ १३, २०८१ आइतबार
पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
माघ १३, २०८१ आइतबार
बाढीले थुपारेको गेगर हटाउन सहयोग गर्दै हलेसी तुवाचुङ नगरपालिका
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार