कुटपिटबाट एक महिलाको मृत्यु,सम्लग्न व्यक्ति फरार
नेपालबहस संवाददाता
असार ३१, २०७९ शुक्रबार १९:४३:३७
३१ असार, राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका–८स्थित कटीमा आज एक महिलाको कुटपिटबाट मृत्यु भएको छ । मृत्यु हुनेमा कटी निवासी ५५ वर्षीया जीरादेवी मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । सोही ठाउँका राजेश शर्मा र गनेश शर्माले जीरादेवीलाई कुटपिट गर्दा उनको मृत्यु भएको थियो ।
स्थानीय मनोज मण्डल साइकलमा खाद्यान्न लिएर आफ्नो घरतर्फ आउँदै गरेको अवस्थामा राजेश र गनेशको आफन्त पर्ने एक बालकलाई साइकलले ठक्कर दिएको भन्दै विवाद भएको थियो ।
सोही विवादको क्रममा राजेश र गनेशसहित गाउँका अन्य व्यक्तिले मनोजलाई कुटपिट गर्न थालेपछि आफ्नो छोरालाई बचाउने क्रममा उनीहरुको कुटपिटबाट जीरादेवीको मृत्यु भएकोे बुहारी अमरीदेवी मण्डलले जनाकारी दिए ।
मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पठाइएको छ । कुटपिटमा सम्लग्न व्यक्ति फरार भएका र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
काठमाडौंको अनामनगरस्थित धोबीखोलमा कार खस्यो
पुष २१, २०८१ आइतबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार