पर्यटकमैत्री भान्छा बनाउन भान्छेलाई तालिम
नेपालबहस संवाददाता
असार ३१, २०७९ शुक्रबार १९:५७:२८
३१ असार, बलेवा । पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकमध्ये केही मुस्ताङ पुग्न बागलुङको बाटो भएर आउँछन् भने केही बागलुङकै पर्यटकीय क्षेत्र घुम्नका लागि पनि आउने गरेका छन् । छोटो समय भएपनि उनीहरुको बिसौनी बन्छ, बागलुङका होटल तथा रेष्टुराँ । यहाँका होटल तथा रेष्टुराँले लामो समयदेखि ग्राहकको सेवा त गरिरहे पनि नयाँ स्वाद र आतिथ्यता दिन नसेकेको महसुस हुँदै आएको थियो । बागलुङमा आउने पर्यटकका लागि नयाँ स्वाद दिन र होटल व्यवसायलाई दिगोरुपमा पर्यटनसँग जोड्न यहाँ क्रियाशील होटल व्यवसायी पछिल्लो समय जुर्मुराएका छन् ।
होटल एसोसिएसन नेपाल (हान) बागलुङ शाखाले पाहुनाका लागि नयाँ स्वाद पस्किने भन्दै भान्छामा काम गर्नेका लागि सातदिने ‘एड्भान्स कुक तालिम’ दिलाएकोे छ । हान गण्डकी प्रदेशको समन्वय र हान नेपालको आयोजनामा तालिम संचालन गरेर बागलुङ र म्याग्दीका ३० भन्दा धेरै भान्छेलाई तालिम दिइएको हो । एक साता लामो तालिम लिएका भान्छेले अब यहाँका होटलमा पाइने खानाको स्वादमा फरकपन उपभोक्ताले महसुस गर्ने बताए । तालिम समापनका अवसरमा प्रशिक्षार्थी मिरा जिसीले भान्छामा गर्दै आएका क्रियाकलापमा थोरै सुधार गर्दा ग्राहकको चाहनाअनुसारको खाना तयार गर्न सकिने भए पनि ज्ञानको अभावमा आफूहरुले त्यसो नगर्ने गरेको बताए ।
उनले तालिमपश्चात् अब सुधार गर्न सकिने जानकारी दिए । हानका प्रदेश अध्यक्ष हरि शर्मा गैरेले होटल व्यवसायलाई दिगो र जीविकोपार्जनमुखी बनाउन आवश्यक सबै प्राविधिक सहयोग गर्न हान तयार रहेको जानकारी दिए । बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले भान्छालाई उद्योगका रुपमा विकास गरेर त्यहाँबाट तयार गरिने बस्तुलाई बजारीकरण गर्नसके होटल व्यवसाय दिगो हुनेमा जोड दिए । सेफ्स एसोसिएसन नेपालका प्रमुख प्रशिक्षक श्याम लामा र प्रशिक्षक शितल खनालले भान्छेहरुलाई तालिम दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
नाम्दो गाउँ
पुष २८, २०८१ आइतबार
हप्ताको पहिलो दिन नेप्से २५ अङ्कले घट्दा कारोबार तीन अर्ब ९९ करोडमै खुम्चियो
पुष २८, २०८१ आइतबार
भारतको क्रिकेट अब असामका देवजित सौकियाले हाँक्ने
पुष २८, २०८१ आइतबार
पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार कृषि अनुदानमा खर्च
पुष २८, २०८१ आइतबार