बैंक डुबाउन ज्योति समूहको अर्को हर्कत, राष्ट्र बैंक बेखबर बन्दा सर्वसाधारणको लगानी खतरामा
नेपालबहस संवाददाता
असार ३१, २०७९ शुक्रबार २०:१:४७
३१ असार, काठमाडौं । विगतदेखि विभिन्न वित्तीय अपराधमा संलग्न रहँदै आएको नेपालको औद्योगिक घरानियाँ ज्योति समूहले पछिल्लो समय लुम्बिनी विकास बैंकमार्फत सर्वसाधारणको करोडौँ शेयर लगानी हात पार्न विभिन्न नाजायज हर्कत सुरु गरेको छ ।
राज्यलाई तिर्नुपर्ने कर छलिगरेको गरेको अभियोगमा पक्राउ परी कारवाहीसमेत भोगिसकेको यो समुहले अहिले लुम्बिनी विकास बैंकमा गरेका आर्थिक अनियमितता लुकाउनका लागि रातरात बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत परिवर्तन गर्न समेत भ्याएको छ ।
बैंकको शेयर जारी गरी सर्वसाधारणबाट करोडौँ रकम उठाएको र त्यसमा केही हिनामिना भएपछि त्यसलाई ढाकछोप गर्न ज्योति समूह अन्तरगत रहेको स्याकार कम्पनी आफै सीईओ परिवर्तनको खेलमा लागेको छ । लुम्बिनी विकास बैंक स्याकार कम्पनी अन्तरगत रहेको र यसमा सबै भन्दा बढी शेयर पनि यो समूहको नै रहेको बताइएको छ ।
सर्वसाधारणको लगानीमा भएको आर्थिक अनियमितताका कारण लुम्बिनी विकास बैंकको सञ्चालक समितिमा नै विवाद भएको छ । सञ्चालक समितिमा भएको विवाद सीईओ नियुक्तिमा आइपुग्दा छताछुल्ल भएको छ । बैंंकको बोर्डमा अहिले दुई वटा समूह बनेको छ ।
स्रोत भन्छ, त्यो समूहले स्वार्थ अनुसार सीईओ नियुक्त गर्न खोजेको छ । एउटा समूहले विजय बहादुर श्रेष्ठलाई सीईओमा नियुक्ती गरेको दुइदिन नवित्दै अर्को समूहले नरेश सिंह बोहरालाई नियुक्ति दिएको छ । यही विवादले गर्दा स्याकार कम्पनीले सर्वसाधारणको रकममाथि गरेको चलखेलको पोल खुलेको हो ।
बैंकले यसअघि असार २८ गते आगामी ४ वर्षका लागि विजय बहादुर श्रेष्ठलाई सीईओमा नियुक्त गरेको थियो । तर आर्थिक अनियमितताले गर्दा सञ्चालकहरुको आन्तरिक लफडाका कारण श्रेष्ठ तिन दिन पनि सीईओमा टिक्न पाएनन् । कोरोबारबारे थप खुलासा हुने डर भएपछि बैंकले फेरी असार ३० गते पुरानै सीईओलाई निरन्तरता दिने निर्णय गरेको छ ।
ज्योति समूहले लुम्बिनी विकास बैंकमाथि यति हर्कत गर्दा समेत नियामक निकायको रुपमा रहेको नेपाल राष्ट्र बैंकले चासो दिएको छैन । राष्ट्र बैंकको विना अनुमति यसरी सीईओ परिवर्तन गर्नु भनेको नै आर्थिक अनियमितता भएको शेयर लगानीकर्ताहरु बताउँछन् । राष्ट्र बैंकलाई लगानीकर्ताको हिसाबले जानकारी गराउँदा समेत चासो नदिएको भन्दै राष्ट्र बैंक कर्मचारीको समेत यो बैंक डुवाउनमा हात रहेको लगानीकर्ताहरु बताउँछन् ।
बैंकका एक शेयर लगानीकर्ताले दिएको जानकारी अनुसार असार २८ गते बसेको सञ्चालक समितिको ४२५ औं बैठकले श्रेष्ठलाई साउन २ गतेदेखि लागू हुनेगरी ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको थियो । उक्त निर्णय बैंकले नेप्सेलाई पनि जानकारी गरायो । त्यसको लगत्तै ३० गते बैंकले पुरानो निर्णय परिवर्तन गर्यो ।
बैंकले नेप्सेलाई गराएको जानकारी अनुसार असार ३० गते बसेको सञ्चालक समितिको ४२७ औँं बैठकले असार २८ गतेको निर्णयलाई रद्द गरी सीईओमा नरेश सिंह बोहरालाई नियुक्त गर्ने निर्णय गरेको छ । अर्को लफडा नभए बोहरा साउन २ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि सीईओ बन्ने पक्का छ ।
सधैं विवाद र चर्चामा आइरहने लुम्बिनी विकास बैंक लिमिटेड फेरि विवादमा फसेपछि लगानीकर्ताहरु अतालिएका छन् । जनताहरुको साधारण शेयर र डिपोजिट रहेको लुम्बिनी विकास बैंकमा स्याकर कम्पकी प्रा।लि। अन्तरगत ज्योति समूहको हस्तक्षेपले बैंक नै तहसनहस बन्दै गएको उनीहरु बताउँछन् ।
गुनासो सुनाउदै एक लगानीकर्ताले भने, ‘गत २०७९-०३-२८ गते लुम्बिनी विकास बैंकको सञ्चालक समितिको साँझ ४ः३० बजे बसेको बैठकले २०७९-०४-०२ देखि लागु हुनेगरि ४ वर्षको लागि सीईओमा विजय बहादुर श्रेष्ठलाई नियुक्त गरेको थियो । यसको २ दिन नबित्दै विहीबार फेरि हालका सीईओ नरेश सिंह बोहोरा दोस्रो कार्यकाल थप गरिएको बधाई ज्ञापनको विज्ञापन लुम्बिनी विकास बैंकको आधिकारिक फेसबुक पेजमा राखिएको छ ।’
उनले भने,‘विहीबार स्याकार कम्पनीका अध्यक्ष रुपज्योतिले बैंक भित्र हस्तक्षेप गर्दै २०७९र०३र२९ गते साँझ स्याकार कम्पनी प्रा।लि।को तर्फबाट सञ्चालक परिवर्तन गर्दै दशरथ रिसालको सट्टामा लुम्बिनी विकास बैंकको मेजर प्रमोटर शेयरधनी लोमस मानन्धरलाई संचालक पठाएको देखिन्छ भने सोही बैठकबाटै प्रविण कृष्ण श्रेष्ठलाई सञ्चालक समितिको नयाँ अध्यक्ष चयन गर्ने निर्णय गरेको भेटिएको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
काठमाडौं अदालतमा रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस सुरू हुने
पुष २८, २०८१ आइतबार
गोरखानाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ मा सहभागी टोली
पुष २८, २०८१ आइतबार
च्याम्पियन ट्रफिका लागि न्युजिल्यान्डको टिम घोषणा, सुरुवाती खेल पाकिस्तानसँग
पुष २८, २०८१ आइतबार
सुरक्षा पन्तको चलचित्र ‘खेल’ वैशाख १२ मा रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक
पुष २८, २०८१ आइतबार