अमेजनले चार हजारभन्दा बढीलाई रोजगारी दिदैं
नेपालबहस संवाददाता
असार ३१, २०७९ शुक्रबार २२:११:४६
३१ असार, लन्डन । अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले बेलायतमा थप चार हजारभन्दा बढी रोजगारीका अवसर सिर्जना गर्ने जनाएको छ ।
अमेजनले यस वर्ष बेलायतमा चार हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना गर्ने योजना शुक्रबार सार्वजनिक गरेको हो । यो योजनाअन्तर्गत यो राष्ट्रको १० ठूला निजी क्षेत्रका रोजगारदातामध्ये एक बन्नेछ ।
कोभिड–१९ महामारीका कारण भएको लकडाउनको समय अनलाइन किनमेलमा फस्टाइरहेको अमेरिकी ई–कमर्स कम्पनीले बताएअनुसार पछिल्लो विस्तारले आफ्नो स्थायी जनशक्तिलाई ७५ हजारमा पु-याउनेछ ।
यो नयाँ योजना बेलायतभरिका लागि लागूहुने छ । यस कम्पनीले उत्तरी इङ्गल्यान्डको गोन्स्ली र वेकफिल्डमा दुई नयाँ जनशक्ति भर्ति केन्द्रहरू खोल्ने तय गरेको छ ।
यो काम सफ्टवेयर विकास, उत्पादन व्यवस्थापन र इन्जिनियरिङमा संस्थागत तथा प्रविधि कार्यहरूमा पनि हुनेछ । बेलायतमा तीन वर्षमा यो योजनासहित ४० हजार नयाँ रोजगारीको सिजना गर्ने अमेजनले बताएको छ ।
अमेजन बेलायतका कन्ट्री म्यानेजर जोन बोम्फ्रिजले भने, “स्वान्सीका सिकारुदेखि एडिनबर्गका डेटा वैज्ञानिकहरूसम्म गरी हामी लेवीमा लगानी जारी राख्दैछौं । यो घोषणा यस महिनाको अन्तमा अमेजनको दोस्रो त्रैमासिक आयभन्दा अगाडि आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको संकेत
माघ ९, २०८१ बुधबार
सुडानको युद्धबाट दक्षिण सुडानमा १० लाख मानिस पलायन : संयुक्त राष्ट्रसंघ
माघ ९, २०८१ बुधबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको संकेत
माघ ९, २०८१ बुधबार
सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो
माघ ९, २०८१ बुधबार
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’
माघ ९, २०८१ बुधबार
संखुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
माघ ९, २०८१ बुधबार