माओवादी अध्यक्ष दाहाल आज दिनभरी दिल्लीमा व्यस्त, मोदीसँगको भेटवर्ता भोली मात्रै
नेपालबहस संवाददाता
असार ३२, २०७९ शनिबार १२:४६:४४
३१ असार, काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार दिनभर भारतीय नेताहरुसँगको भेटघाटमा व्यस्त हुने भएका छन् । भारत भ्रमणका लागि शुक्रबार दिल्ली पुगेका प्रचण्डले दिल्ली पुगे लगत्तै भेटघाट स’रु गरेका थिए ।
भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणमा भारत पुगेका प्रचण्डलाई विमानस्थलमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले स्वागत गरेका थिए । उनीसँग होटल ताज मानसिंहमा शिष्टाचार भेट भएको थियो ।
उनले नेपाली राजदूतावासमा नेपाली संघ संस्थाका प्रतिनिधिहरूसंग भेटघाट गरी नेपाली राजदूतद्वारा आयोजित रात्रिभोजमा सहभागीसमेत भएका छन् । यसक्रममा प्रचण्डले विभिन्न भारतीय व्यपारी र पूर्व कूटनीतिज्ञहरुसँग पनि छलफल गरेका छन् ।
आज शनिबार दिनभरी नै प्रचण्ड राजनीतिक भेटवार्तामा व्यस्त हुने कार्यक्रम रहेको छ । भारतका राष्ट्रीय सुरक्षा सल्लाहकार अजीत डोभाल, विदेश मन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । विदेश सचिव विनय मोहन क्वात्रासँग पनि उनको भेटवार्ता हुने छ ।
त्यस्तै प्रचण्ड फाउन्डेसन फर पब्लिक अवेरनेस एन्ड पोलिसी नामक संस्थाद्वारा आयोजित नेपाल भारत सम्बन्धी सेमिनारमा प्रमुख वक्ताको रूपमा सहभागी हुनेछन् । भारतका विदेश मन्त्रीले प्रचण्डको सम्मानमा दिने रात्रिभोजमा सरकारका शीर्ष मन्त्रीहरूसँग भेटघाटको कार्यक्रम रहेको जनाइएको छ ।
आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भ्रमणको कार्यक्रम रहेको छ । त्यस्तै आइतबार नै प्रचण्ड भाजपा मुख्यालय भ्रमणमा पुग्ने छन् । त्यसक्रममा उनले भाजपा अध्यक्ष जेपी नड्डासँग भेटघाट गर्न छन् भने भाजपा अध्यक्षद्वारा आयोजित दिवाभोजमा सहभागी हुने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
काठमाडौं अदालतमा रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस सुरू हुने
पुष २८, २०८१ आइतबार
गोरखानाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ मा सहभागी टोली
पुष २८, २०८१ आइतबार
च्याम्पियन ट्रफिका लागि न्युजिल्यान्डको टिम घोषणा, सुरुवाती खेल पाकिस्तानसँग
पुष २८, २०८१ आइतबार
सुरक्षा पन्तको चलचित्र ‘खेल’ वैशाख १२ मा रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक
पुष २८, २०८१ आइतबार