जसपाद्वारा बाबुराम भट्टराईलाई सांसद पद नजाने गरी कारवाही
नेपालबहस संवाददाता
साउन १, २०७९ आइतबार १६:१९:४९
१ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको सांसद पद नजाने भएको छ । गत शुक्रबार वीरगञ्जमा बसेको उपेन्द्र यादव पक्षधरको बैठकले पार्टीका सम्पूर्ण जिम्मवारीवाट पदमुक्त गरे पनि भट्टराईलगायतको सांसद पद भने जोगिने भएको हो ।
‘बाबुरामजीलाई पार्टीको जिम्मेवारीवाट मुक्त गरिए पनि सांसद पदवाट भने मुक्त गरिएको छैन्, अहिले त्यो दिशामा पार्टी जाँदैन्,’ अध्यक्ष यादवले भने, ‘आत्माआलोचना गरेर फर्केमा उहाँ लगायतलाई पार्टीको जिम्मेवारीमा पुर्नस्थापित गरिनेछ ।’ उनका अनुसार काठमाडौंको जडिबुटीमा भएको भेलालाई भने पार्टीले मान्यता दिनेछैन ।
काठमाडौंमा अलग्गै केन्द्रिय समिति बैठक बोलाएको भन्दै वीरगञ्जमा बसेको केन्द्रिय समिति बैठकले भट्टराई, महेन्द्रराय यादव, हिसिला यमी, दानबहादुर चौधरी, डम्बरबहादुर खतिवडा, गंगानारायण श्रेष्ठ, प्रशान्तसिंहलाई पार्टीको सम्पूर्ण जिम्मेवारीवाट मुक्त गरेको थियो ।
तर, यादव पक्षले पार्टीको जिम्मेवारीबाट मुक्त गरेपछि भट्टराईले भने पार्टी पुर्नगठनको दिशामा जाने सार्वजनिक गरिसकेका छन् । यता, भट्टराई पक्षलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको बिषय जानकारी गराउनका लागि यादव पक्षधर सम्भवतः आजै निर्वाचन आयोग जानेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस संसदीय दलको बैठक बस्दै, अध्यादेशको पक्षमा उभिन रणनीति तय गर्ने
माघ १३, २०८१ आइतबार
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
माघ १३, २०८१ आइतबार
बाढीले थुपारेको गेगर हटाउन सहयोग गर्दै हलेसी तुवाचुङ नगरपालिका
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
अछाममा बाख्रा चराउन जंगल गएका २ किशोरी मृत फेला
माघ १३, २०८१ आइतबार
वाग्मती सफाइ महाअभियानमा काठमाडौं महानगर, ७ मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
माघ १३, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, अध्यादेशको पक्षमा उभिन रणनीति तय गर्ने
माघ १३, २०८१ आइतबार