बिरामीको उपचारमा चरम लापरवाही गर्दै कान्ति बाल अस्पतालमा, एक्स-रे छ रिल छैन्
नेपालबहस संवाददाता
साउन १, २०७९ आइतबार १९:३९:३५
१ साउन, काठमाडौं । देशकै जेठो, प्रतिष्ठित, विश्वसनीय सरकारी बाल अस्पताल कान्तिमा यतिबेला उपचार प्रक्रियामा हरिविजोग अवस्था देखिएको छ । उपचार परीक्षणका लागि अत्यन्तै महंगा र उच्च प्रविधि भएर पनि कान्ति बाल अस्पताल यतिबेला ‘मगन्ते’ जस्तो अवस्थामा आफ्नो जिम्मेवारी धानिरहेको छ ।
अरु के कुरा गर्नु कान्ति अस्पतालमा विरामीको एक्स-रे गरिसकेपछि प्रिन्ट गर्ने रिलसम्म छैन । त्यहाँ एक्स-रे गर्नुपर्ने बिरामीको एक्स-रे रिल सम्वन्धित बिरामीकै आफ्न्तको मोवाइलमा खिच्न लगाइन्छ । योभन्दा हरिविजोग केलाई मान्न सकिन्छ ?
शनिबार अपराह्न नयाँ बानेश्वरकी रक्षा पोखरेल आफ्नो दुई वर्षे बिरामी नानीलाई लिएर कान्ति बाल अस्पताल पुगिन् । इमरजेन्सीमा बच्चाको उपचार प्रक्रिया सुरु भयो । सुरुवाती चरणमै एक्स-रे गर्नुपर्ने डाक्टरको निर्देशन बमोजिम रक्षा एक्स-रे कक्षमा पुगिन् । बच्चाको एक्स-रे भइसकेपछि त्यहाँका प्राविधिक स्वास्थ्यकर्मीले मोवाइलबाट कम्प्यूटरमा एक्स-रेको दृश्य खिच्न लगाए । रक्षाले सोधिन, ‘किन ?’ प्राविधिकको जवाफ थियो, ‘रिल सकिएको छ । मोवाइलमै देखाए पनि हुन्छ । डाक्टरसा’पलाई थाहा छ ।’
सुन्दै अचम्म १ राजधानीमा, त्यो पनि सरकारी, अनि पूरानो र सबैभन्दा सुविधायुक्त अस्पतालकै गति यस्तो छ भने अन्य सरकारी अस्पतालको हालत के होला ? एक्स-रे भनेको के हो ? त्यसको रिपोर्ट कस्तो हुनु पर्छ ? त्यही एक्स(रे हेरेर चिकित्सकले विरामीको उपचार गर्ने हुन् । त्यही एक्स-रेको रिपोर्ट मोवाइलमा खिचेर देखाउनु पर्ने ? हे बाध्यता !
अस्पतालमा सामान्य एक्स-रेको रिल नहुनु कमजोरी कसको हो ? लापरवाही हो कि बाध्यता ?
शनिबारको दिन बिदा भएर रिल थिएन भनौं भने सरसापटी पनि चलाउनु परथ्यो परिसरमै जोडिएको शिक्षण अस्पताल छ । नत्र त्यस्ता अतिआवश्यक बस्तुको अभाव हुन दिन मिल्छ ? विरामीको उपचारमा यत्रो लापरवाही ? सम्वन्धित पक्षले के हेरिबसेको होला ? तलवभत्ता लाखौंलाख खाने थुप्रै निर्देशक र उच्च तहका डाक्टर पनि छन् होला त्यहाँ !
मोवाइलबाटै चिकित्सकले एक्सरेको दृश्य हेरे । उपचार प्रक्रिया अघि बढ्यो । सरसफाई गर्दै एक सफाईकर्मी महिला इमरजेन्सी कक्षमा आईपुगिन । उनको व्यवहार देख्दा लाग्यो, यो अस्पताल होइन ‘कालखाना’ हो । किनकी विरामीको उपचारभन्दा पनि उल्टो संक्रमण गराएर कालको मुखमा पुराइन्छ त्यहाँ । इमरजेन्सीमा गम्भीर प्रकृतिका पनि विरामी ल्याइन्छ । तर, यत्रतत्र बेडमा अया र आथ्थ्यू गर्दै सुताइएका बच्चाबच्ची, कोही सलाइन पानी चढाइँदै गरेका अवस्थामा छन्, कोही विरामी बच्चाको नर्सले रगत झिक्दा दुखेर डराएर चिच्चाइरहेको अवस्था छ । कोही फत्र्याफत्र्या पर्दै उचालिँदै पछारिँदै गरेका बच्चाबच्चीलाई अभिभावकले फकाउँदै छन् । यो सबै अवस्थाको ती सफाईकर्मी महिलालाई कुनै पर्वाह नै थिएन । लाग्थ्यो उनको काम धुलो बढार्ने मात्र हो, त्यो धुलो उडेर जोसुकैको नाकमुखमा जाओस् ।
सफाईकर्मीले गरेको त्यो व्यवहार देख्दा लाग्थ्यो उनी फोहोरकर्मी हुन् । चिकित्सकलाई गुनासो गर्दा ‘यस्तै हो, विस्तारै गर भन्दा पनि हतारकै व्यवहार देखाउँछन् । केही भन्यो, हामीसँगै झर्कन्छन् ।’
इमरजेन्सीबाट अब्जरभेसन वार्डमा सार्दा त्यहाँ भोग्नु परेको व्यथा त झन् बिहेवारी चल्दै गरेको घरमा पाहुना गएजस्तो व्यवहार ! एउटै वेडमा तीन जनासम्म बिरामी बच्चा । अव्यवस्थि, भद्रागोल उपचार प्रक्रिया देख्दा कान्ति अस्पतालप्रति दया जाग्यो, कुन उद्देश्यले खोलिएको अस्पतालको कस्तो हविगत रहेछ ?
‘लौन सञ्चारकर्मी मित्र यहाँको वेथिति सम्वन्धित निकायको आँखा अगाडी पुराइदिनुस्’, रक्षाले गुनासो गरिन् । उनको भनाई थियो, ‘त्यसैले त सरकारी अस्पताल भनेपछि कसैले पनि विश्वास गर्दैनन् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १२, २०८१ बुधबार