बेइजिङले भन्योे ‘विकृत सूचना अभियान’ निराधार
नेपालबहस संवाददाता
साउन १, २०७९ आइतबार १९:४४:०
१ साउन, एजेन्सी । नेपालका लागि मनोनित अमेरिकी राजदूत डीन आर थम्पसनले गरेको टिप्पणीको बेइजिङले खण्डन गर्दै त्यसलाई निराधार भनेको छ ।
गत बुधवार सिनेटको विदेश सम्बन्ध समितिसमक्ष मनोनित राजदूत थम्पसनले चीनको विकृत सूचना अभियानको सामना गर्दै गत फेब्रुवरीमा नेपालको संसद्ले ५० करोड अमेरिकी डलरको अनुदान परियोजना पारित गरेको बताएका थिए । थम्पसन टिप्पणीप्रति आपत्ति जनाउँदै चीनले त्यसलाई निराधार भनेको हो ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन कम्प्याक्ट (एमसिसी)लाई लिएर भएको उक्त टिप्पणीको प्रतिवाद गर्दै काठमाडौंस्थित चिनियाँ दूतावासले शुक्रबार थम्पसनको भनाइले चीनको निन्दा मात्र नभइ नेपाल र नेपालीलाई अपमानित गरेको बताएको थियो ।
“यो नेपाल सरकार र जनताले आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षा गर्न तथा राष्ट्रिय हितको रक्षाका निम्ति गरेको काम हो ।
अन्तर्राष्ट्रिय विकास सहयोग लिँदा पारस्परिक सम्मान र समानताको सिद्धान्तलाई कायम राख्नुपर्छ, सम्बन्धित देशको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्छ भन्ने चीनको दृढ विश्वास रहेको छ,” दूृतावासले जारी गरेको वक्तव्यमा भनिएको छ ।
सत्तारुढ गठबन्धन भित्रको असमझदारीपछि व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट एमसिसी अनुमोदन भएको थियो ।
एमसिसी सैन्य सम्झौता भएको अफवाहले लामो समयसम्म यो विकास सहायता विवादको विषय बनेको थियो । ऊर्जा र सडक पूर्वाधार निर्माण गर्न अमेरिकाबाट अनुदानस्वरुप उक्त सहायता प्राप्त भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
तिब्बतममा भूकम्पपछि ६४६ परकम्पन
पुष २४, २०८१ बुधबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार