श्रीलङ्काका संकट : राष्ट्रपति निर्वाचनप्रति विपक्षी नेता चिन्तित
नेपालबहस संवाददाता
साउन १, २०७९ आइतबार १९:५५:२५
१ साउन , एजेन्सी । श्रीलङ्काका प्रमुख विपक्षी नेता तथा आगामी राष्ट्रपतिको निर्वाचनमा अग्रपङ्तिमा रहेका सजिथ प्रेमदासाले अब हुने राष्ट्रपति चुनावप्रति चिन्ता व्यक्त गर्दै वर्तमान संसद्ले बहुमत जनताको प्रतिनिधित्व नगर्ने बताएका छन् ।
अहिलेको संसद्मा पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षको बहुमत रहेकाले त्यसले तल्लो तहका बहुसङ्ख्यक जनताको विचारलाई प्रतिनिधित्व नगर्ने बताउँदै उनले चिन्ता व्यक्त गरेका हुन् ।
राष्ट्रपतिको निर्वाचन प्रक्रियाबारे टिप्पणी गर्दै प्रेमदासले गोटाबाया राजपाक्षको विधानसभामा बहुमत रहेको दुईसय २५ सांसदले करिब दुई करोड २० लाख श्रीलङ्कालीको भाग्यको फैसला गर्ने अहिलेको वास्तविकता सुनाए ।
देशको आर्थिक सङ्कटबारे चर्चा गर्दै उनले त्यसबाट राष्ट्रलाई उकास्ने योजना आफूसँग रहेको बताए । अतिधनीलाई करमा सहुलियत दिने आर्थिक कदम नचाल्न विगत तीन वर्षदेखि आफूले सरकारलाई जानकारी गराउँदै आएको तर त्यसलाई कहिल्यै कसैले नसुनेकाले अहिलेको विषम परिस्थिति उत्पन्न भएको उनले जनाए ।
विपक्षी नेता प्रेमदासले पूरै व्यवस्थालाई सच्च्याउन नयाँ निर्वाचन आवश्यक भएकामा जोड दिए । प्रेमदासले भारत सरकारको प्रशंसा गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी, उनको सरकार र भारतका जनताले आफ्नो देशका जनताका आधारभूत मानवीय आवश्यकताहरू पूरा गर्ने सन्दर्भमा अतुलनीय सहयोगको गरेकामा आभार व्यक्त गरे ।
यसअघि विपक्षी नेता प्रेमदासाले राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए । राष्ट्रपति राजापाक्षले पदबाट राजीनामा दिएकाले संविधानबमोजिम आगामी बुधबार संसद्ले नयाँ राष्ट्रपति चयन गर्दैछ ।
कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि नयाँ राष्ट्रपतिको निर्वाचन निर्धारित समयमा हुने बताएका छन् । खाद्यान्न र इन्धन अभावका कारण टापुराष्ट्र श्रीलङ्का चरम आर्थिक सङ्कटमा फसेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
भूकम्पपछि उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपति सी चिनफिङको अपिल
पुष २३, २०८१ मंगलबार
भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार