पालिका सार्वजनिक सुनुवाई ‘तिन-तिन महिनामा खर्च सार्वजनिक’
नेपालबहस संवाददाता
साउन १, २०७९ आइतबार २१:१०:७
१ साउन, स्याङ्जा । अर्जुनचौपारी गाँउपालिकाले आर्थिक बर्ष २०७९/०८० को खर्च बजेटलाई तिन—तिन महिनामा सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । आर्थिक बर्ष २०७८/०७९ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा गाँउपालिका अध्यक्ष प्रकाश तिवारीले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
गाँउपालिकामा भएको खर्च विवरण जान्ने अधिकारी पालिकावासीको हुन्छ अध्यक्ष तिवारीले भने,‘हरेक तिन—तिन महिनामा सामाजिक सञ्जाल मार्फत आयव्याय सार्वजनिक गछौं ।’ खर्चमा मितव्यायतिता अपनाउदै पालिकाको आर्थिक समृद्धीमा हामी लाग्ने छौं उनले प्रतिवद्धता जनाए । जनताको सेवक जनप्रतिनिधि भएकोले जनताकै रायसुझावमा हरेक काम पालिकामा हुने विश्वास अध्यक्ष तिवारीले सार्वजनिक सुनुवाईमा दिलाए ।
चौमासिक सार्वजनिक सुनुवाईमा जनताले राखेको जिज्ञासाको उत्तर दिदै पालिका अध्यक्ष तिवारीले भ्रष्टचार मुक्त र शुसासन सहितको पालिका बनाउन आफु लागेको बताए । जनताका माग धेरै छन् बजेट थोरै छ अध्यक्ष तिवारीले भने,‘सिमित साधन श्रोतको अधिकतम प्रयोग गरी विकासका गतिलाई अगाडी बढाउछौं ।’ आवश्यकतालाई मध्यनजर गरेर पालिकाले विकासका योजना अगाडी सार्नेमा ढुक्क हुन सहभागीहरुले उनले भने ।
निर्वाचन सकिएसगै बजेट बनाउने समयले गर्दा जनताको घरदैलोमा पुगेर आवश्यकता अनुसारको बजेट बनाउन नसके पनि तिवारीले वडाका जनप्रतिनिधी मार्फत आएका योजनालाई समेटिएको बताए । साना योजनालाई पालिकाले प्राथमिकतामा नराखे पनि परिणाम र गुणस्तरमा ध्यान दिने तिवारीले बताए ।
प्राबधिकले गलत मुल्याङकन गरेको ठहर लागेका अन्यन्त्रबाट प्राविधिक ल्याएर गुणस्तरको नापतौल हुने विश्वास दिलाउदै अध्यक्ष तिवारीले पालिका बनाउन सबैको साथसहयोग आवश्यक रहने बताए । हरेक नागरिककोमा पुग्ने गरी बजेट बिनियोजन भएको दाबी गरे । असक्क्तलाई घर—घरमा पुगेर स्वास्थ्य सेवा दिने र पुराना जनप्रनिधीले गरेका कामलाई पनि निरन्तरता दिने तिवारीको भनाई थियो ।
कार्यक्रममा उपाध्यक्ष सपना गुरुङ्ले विकासमा रचनात्मक सुधार गर्दै अगाडी बढ्ने र पाचँ बर्षमा केहि गरेर देखाउने बताइन् । बजेट तर्जुमा, विकास निर्माणको अनुगमन, सानातिना झैझगडालाई मेलमिलापको नीति लिएर आफु अगाडी बढ्ने उपाध्यक्ष गुरुङको भनाई थियो । शिक्षा र स्वास्थ्यका कारण बसाई सराई बढेको बताउदै उपाध्यक्ष गुरुङले यसलाई रोक्ने प्रयास पालिकाले गर्ने विश्वास दिलाईन् ।
सुनुवाईमा प्रमुख प्रसासकिय अधिकृत उज्जल बहादुर बस्नेतले अगिल्लो बर्षमा एक सय ९७ वटा योजना रहेकोमा १० वटा मात्र काम सम्पन्न नभएको जानकारी दिए । पालिकामा प्रगतिको हिसाबले ९५ प्रतिशत रहेको बस्नेतको भनाई थियो । २४ जनाले गुनासो गरेको सार्वजनिक सुनुवाईमा पाचँ बर्षमा नमुना पालिका बन्ने गरी काम गर्न जनप्रतिनिधीलाई सुझाव दिएका थिए ।
वडा र पालिकामा जनता आउदा शासक भन्दा सेव कबनेर सेवा प्रवाहमा लाग्न सेवाग्राहीले जनप्रतिनिधि, कर्मचारीले अनुरोध गरेका थिए । सार्वजनिक सुनुवाईको सहजिकरण रेडियो स्याङजाका प्रवन्धक एकबहादुर गोदार(रमेश) ले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वीरगञ्ज नाकाबाट हुने निर्यात बढ्यो, ६ महिनामा २९ अर्ब २७ करोडमाथिका बस्तु निकासी
माघ १३, २०८१ आइतबार
नेपाल–चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त अनुगमन
माघ १३, २०८१ आइतबार
म्याग्दीमा रु ३३ करोड ४६ लाखको सुन्तला बिक्री
माघ १३, २०८१ आइतबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ १३, २०८१ आइतबार
सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै
माघ १३, २०८१ आइतबार