नेप्सेमा झिनो अंकको वृद्धि, एक अर्ब ३२ करोडको कारोबार
नेपालबहस संवाददाता
साउन १, २०७९ आइतबार २२:३५:५७
१ साउन, काठमाडौं । आर्थिक वर्ष २०७९/८० को पहिलो दिन शेयरबजारको परिसूचक नेप्से २०११ अंकमा कायम भएको छ । नेप्से जम्मा १.९ अंक बढेको हो । १ अर्ब २३ करोड रुपैयाँको शेयर कारोबार भयो ।
बैंकिङ ८, जीवन बीमा १५, उत्पादन ४३ र ब्यापार उपसमूह १० अंक बढे । विकास बैंक १, फाइनान्स ११, होटल तथा पर्यटन ३१, जलविद्युत् २६, माइक्रोफाइनान्स १७, निर्जीवन बीमा ६ र अन्य उपसमूह ६ अंक घटे । कुल ८४ कम्पनीको मूल्य बढ्दा ८७ को घट्यो ।
राधि विद्युतको मूल्य ५.४ प्रतिशत बढ्यो । प्रभु बैंक, नयाँ सारथी लघुवित्त र कुमारी बैंकको मूल्य ४ प्रतिशत बढ्यो । प्रभु सेलेक्ट फण्डको मूल्य ९.७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा माथिल्लो तामाकोसी, हिमालयन डिस्टिलरी, अरुणकाबेली, एनआईसी एसिया बैंक र नेपाल टेलिकम क्रमशः अगाडि रहे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
एक अर्कालाइ छुँदा किन करेन्ट लाग्छ ? जान्नुहोस्
पुष २८, २०८१ आइतबार
पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
पुष २८, २०८१ आइतबार
स्वर्णलक्ष्मी सहकारी ठगी: रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित
पुष २८, २०८१ आइतबार
सहकारी ठगी प्रकरण : रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै
पुष २८, २०८१ आइतबार
दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ति नजिकीएसँगै सखरखण्डर र पिँडालुको मूल्य आकाशियो
पुष २८, २०८१ आइतबार