श्वेत गंगा हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै
नेपालबहस संवाददाता
साउन २, २०७९ सोमबार १७:३१:४०
२ साउन, काठमाडौं । श्वेत गंगा हाइड्रोपावरले बुधबार साउन ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । हाइड्रोपावरले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २३ लाख ८९ हजार ५ सय कित्ता साधारण शेयर निष्काशन गर्नेछ । यो मध्ये १ लाख १९ हजार ४७५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
बाँकी २२ लाख ७० हजार २५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त शेयरमा साउन ८ गतेसम्म आवेदन दिन सकिनेछन् । सो अवधिमा सबै शेयर बिक्री नभएमा साउन १८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
यसमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले श्वेत गंगाको आईपीओलाई ‘कियर एनपी डबल बी’ प्रदान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार