काेराेनाको संक्रमण बढ्न थालेपछि अनिवार्य मास्क लगाउन प्रशासनको आग्रह
नेपालबहस संवाददाता
साउन २, २०७९ सोमबार १९:२४:२३
२ साउन, नवलपुर । पछिल्लो समय कोभिड–१९ को संक्रमण बढ्न थालेपछि यसको जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले अनिवार्यरुपमा मास्क लगाउन जिल्लावासीलाई आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा आइतबार जारी आदेशमा स्वास्थ्य सतर्कता अपनाउन जिल्लावासीमा मास्क लगाउन आग्रह गरिएको छ । कोभिड–१९ को संक्रमण रोकथाम र उपचार व्यवस्था सम्बन्धमा आइतबार बसेको बैठकको सिफारिसका आधारमा जिल्लाका सरकारी तथा सार्वजनिक स्थानमा अनिवार्यरुपमा मास्क लगाउन सर्वसाधारणमा आग्रह गरिएको घिमिरेले बताए । “अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने गराउने, साबुनपानीले हात धुने, सामाजिक दूरी कायम गर्नुपर्ने गरी आदेश जारी गरिएको छ”, घिमिरेले भने ।
आदेशमा सरकारी वा सार्वजनिक प्रकृतिका सबै कार्यालय, विद्यालय तथा संघसंस्थामा सेवा लिँदा र दिँदा अनिवार्यरुपमा मास्क प्रयोग गर्नुपर्ने उल्लेख गरिएको घिमिरेले बताए । जिल्लामा कोभिड–१९ सम्बन्धी सुरक्षा सतर्कता बढाइएसँगै यसको अनुगमनलाई समेत अगाडि बढाउने घिमिरेको भनाइ छ । “अर्को व्यवस्था जारी नभएसम्मका लागि यो सूचना जारी गरिएको हो”, घिमिरेले भने, “कोरोनाको संक्रमण बढ्ने÷घट्ने भएमा सोहीअनुसारको नीति अवलम्बन गरिनेछ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
एक अर्कालाइ छुँदा किन करेन्ट लाग्छ ? जान्नुहोस्
पुष २८, २०८१ आइतबार
पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
पुष २८, २०८१ आइतबार
स्वर्णलक्ष्मी सहकारी ठगी: रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित
पुष २८, २०८१ आइतबार
सहकारी ठगी प्रकरण : रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै
पुष २८, २०८१ आइतबार
दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ति नजिकीएसँगै सखरखण्डर र पिँडालुको मूल्य आकाशियो
पुष २८, २०८१ आइतबार