म्याग्दीको गलेश्वरमा बिहानैदेखि भक्तजनको भीड
नेपालबहस संवाददाता
साउन २, २०७९ सोमबार १९:३६:१८
२ साउन, गलेश्वर । आज साउन महिनाको पहिलो सोमबार । पश्चिम नेपालको पशुपतिनाथका नामले चिनिने म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
साउन महिना भगवान् शिवको प्रिय महिना र सोमबार प्रिय बार मानिन्छ । पहिलो सोमबार भगवान् शिवको पूजा आराधना गर्नका लागि चितवन, काठमाडौँ, पोखरा, नवलपरासी, पर्वत, बागलुङ, म्याग्दीलगायतका ठाउँबाट भक्तजना आएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
मुक्तिनाथ प्रवेशद्वारका रुपमा रहेको गलेश्वर धाममा आज बिहानैदेखि पूजाआजाको विशेष प्रबन्ध मिलाइएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । गलेश्वरमा साउन महिनाको सोमबार, शिवरात्रि र बालाचर्तुदशीमा विशेष मेला लाग्ने गर्छ । गलेश्वरको दर्शन र पूजाआजा गरेमा मनोकाक्षा पूरा हुने जनविश्वास छ ।
कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरलाई विश्वकै अलौकिक धार्मिकस्थल भन्ने गरिन्छ । हिन्दू तथा वौद्ध धर्मवालम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारका रुपमा परिचित गलेश्वरलाई पछिल्लो समय पश्चिमको पशुपतिनाथसमेत भन्न थालिएको छ ।
गलेश्वरका साथै म्याग्दीका अन्य शिवालयमा पनि आज बिहानैदेखि भक्तजनको बाक्लो भीड लगोको छ । बेनी शिवालय, बाबियाचौर, अर्मनको कैलाशफाँट, दरबाङलगायत ठाउँमा रहेको शिवालयमा साउनको पहिलो सोमबार आज पूजाआजा गर्ने भक्तजनको भीड लागेको स्थानीयले बताएका छन् ।
गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष रेग्मीले काठमाडौँ, चितवन, कास्की, पर्वत, बागलुङका साथै म्याग्दीको ग्रामीण क्षेत्रबाट भक्तजन आएको बताउनुभयो । मन्दिर प्रवेशमा मास्क अनिवार्य बनाइएको छ ।
पूजा व्यवस्थापनका लागि सुरक्षाकर्मी र स्वमंसेवक परिचालन भएका छन् । बेनीको खुला मञ्च नजिकैको शिवालय मन्दिरमा पनि बिहानैदेखि पूजाआजा गर्न आएका भक्तजनको चहलपहल भएको शिवालय मन्दिर संरक्षण समितिका सुन्दर केसीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार कृषि अनुदानमा खर्च
पुष २८, २०८१ आइतबार
काठमाडौं अदालतमा रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस सुरू हुने
पुष २८, २०८१ आइतबार
गोरखानाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ मा सहभागी टोली
पुष २८, २०८१ आइतबार
च्याम्पियन ट्रफिका लागि न्युजिल्यान्डको टिम घोषणा, सुरुवाती खेल पाकिस्तानसँग
पुष २८, २०८१ आइतबार