हराउँदै ‘लुतो फाल्ने’ संस्कृति
नेपालबहस संवाददाता
साउन २, २०७९ सोमबार १९:५१:३०
२ साउन, वालिङ । बढ्दो आधुनिकतासँगै कुनै बेला चलनचल्तीमा रहेको ‘लुतो फाल्ने’ संस्कृति हराउँदै गएको छ । साउने सङ्क्रान्तिका दिन नेपाली हिन्दू परम्परा अनुसार मनाइने सो चलन पछिल्लो समय हराउँदै गएको हो ।
‘लुतो लैजा, पिलो लैजा’ भन्दै अगुल्टोलाई साँझपख घरको पूर्व, पश्चिम, उत्तर, दक्षिण चारैतिर फाल्ने गरेको सम्झना वालिङ ८ कि ८० वर्षीया विष्णुमाया बगालेलाई अहिले पनि ताजै छ ।
“साउने सङ्क्रान्तिका दिन लुतो फाल्ने भनेपछि दिनभर साथीभाइ जम्मा भएर बनजङ्गलबाट विभिन्न झारपात तथा वनस्पतिहरु खोजेर जम्मा पारिन्थ्यो”, उनले भनिन् “अचेल त्यसको महत्व नै थाहा छैन, यो सँगै तिउँरी लगाउन छाडेर मेहेन्दी लगाउन थालेका छन् ।
” उ बेलामा धेरैजसोको खरका छाना भएका घर हुने भएकाले अगुल्टो फाल्दा छानामा पर्न नदिन एकदम सचेत हुने गरेको पुरानो याद झलझली आइरहेको उनले बताए।
साउने सङ्क्रान्तिमा हातमा तिउँरी लगाउन तिउँरीका बिरुवा घर वरिपरी प्रशस्तै लगाउने गरिएको वालिङ ८ कै फूलमति सुवेदीले बताइन् ।
साउने सङ्क्रान्तिका दिन सानैमा लुतो फाल्ने र हातमा तिउँरी लगाउने गरिए पनि आजभोलि लुतो फाल्नै छाडेको र तिउँरीको सट्टामा बजारबाट मेहेन्दी किनेर लगाउन थालेका उनले बताइन् ।
“वनजङ्गल तथा घर वरपर भएका विभिन्न वनस्पति तथा झारपात बटुलेर ल्याउने र साँझ सबै जम्मा भएर अगुल्टो फालेर हातमा तिउँरी लगाउने गथ्र्यौं”, उनले भनीन्, “तिउँरीको बिरुवालाई मसिनो गरी पिसेर विभिन्न वनस्पति तथा झारपात मिलाएर कर्कलाको पातले छोपेर लगाउँथ्यौँ ।”
खेतबारीमा हिलोमैलो भएर काम गर्दा छालासम्बन्धी रोग लाग्न सक्ने भएकाले लुतो फाल्ने गरिएको जानकार बताउँछन् । लुतो फाल्दा आ–आफ्नो परम्परा अनुसार नाङ्लो ठटाउने, शङ्खघण्ट बजाउने, ढिँकी कुट्ने, ढोका बन्द गर्ने जस्ता चलन छ ।
पछिल्लो समय कहीँकतै यो परम्परा आंशिकरुपमा रहेपनि धेरैजसो ठाउँमा पछिल्लो पुस्ताले आत्मसात गर्न नसक्दा यसको पहिचान र महत्वसँगै लोप हुने अवस्थामा पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार