७१ प्रतिशत विकास बजेट खर्च
नेपालबहस संवाददाता
साउन २, २०७९ सोमबार १९:५८:१९
२ साउन , म्याग्दी । जिल्लामा गत आर्थिक वर्ष २०७८/७९ मा कूल ७१दशमलव२३ प्रतिशत विकास बजेट खर्च भएको छ । संघीय सरकारको ६०दशमलव७५ र प्रदेशको ७५दशमलव४५ प्रतिशत पँुजीगत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
पुँजीगत शीर्षकमा दुईवटै सरकारका निकायको रु एक अर्ब २१ करोड ५९ लाख १६ हजार विनियोजन भएकामा रु ८६ करोड ६१ लख ५२ हजार ७८० खर्च भएको उक्त कार्यालयका लेखापाल सुमन सुवेदीले जानकारी दिए ।
विकास योजना तथा कार्यक्रमका लागि पुँजीगत शीर्षकमा बजेट विनियोजन हुने गर्छ । जिल्लामा प्रदेशका १० र सङ्घीय सरकारका ३० कार्यालय छन् ।
पुँजीगत शीर्षकमा खर्च भएकामध्ये ४४दशमलव४५ प्रतिशत अथवा रु ३८ करोड ५० लाख २४ हजार बजेट असार महिनामा खर्च भएको छ ।
सङ्घीयतर्फ पुँजीगत शीर्षकमा रु ४० करोड ४१ लाख २८ हजार बजेट विनियोजन भएकामा असार महिनामा रु १३ करोड ४० लाख ११ हजार ७७४ सहित कूल रु २४ करोड ५५ लाख २६ हजार ८९ खर्च भएको छ ।
प्रदेशका कार्यालयमा रु ८१ करोड १७ लाख ८८ हजार विनियोजन भएकामा रु ६२ करोड छ लाख २६ हजार ६९१ खर्च भएको छ ।
खर्च भएकामध्ये रु २५ करोड १० लाख १२ हजार २३० असार महिनाको हो । सङ्घीय सरकारको चालुतर्फ रु तीन अर्ब ४८ करोड ५६ लाख ६६ हजार ३६२ बजेट विनियोजन भएकामा रु तीन अर्ब ३० करोड १८ लाख चार हजार १०३ अथवा ९४दशमलव७२ प्रतिशत खर्च भएको छ ।
रु ५१ करोड १३ लाख ६७ हजार ७२९ संघीय बजेट असारमा खर्च भएको उक्त कार्यालयले जनाएको छ । सङ्घीय र प्रदेशको चालु बजेटमा तलबभत्ता, प्रशासनिक खर्चका साथै स्थानीय तहलाई दिइने अनुदानसमेत समेटिएको छ ।
प्रदेशको चालु शीर्षकमा रु ४८ करोड ५३ लाख विनियोजन भएकामा रु ३६ करोड ७८ लाख ४९ हजार ४८० खर्च भएको छ । प्रदेशको चालु शीर्षकमा असार महिनामा रु १३ करोड ३५ लाख ८३ हजार १४५ खर्च भएको छ । सङ्घीय र प्रदेशको चालु शीर्षकमा स्थानीय तहलाई दिएको अनुदानको निकासा रकमसमेत जोडिएको छ ।
स्थानीय तहले भएको खर्च विवरण र बचत भएको रकम फिर्ता गरिनसकेकाले यथार्थ खर्च विवरण प्राप्त हुन र समग्र जिल्लाको बजेट परिचालनको वास्तविक अवस्था पहिचान गर्न अझै केही दिन लाग्ने बताइएको छ ।
सङ्घीय र प्रदेशको चालु तथा पुँजीगत गरेर गत आर्थिक वर्षमा कूल रु पाँच अर्ब १८ करोड ६८ लाख ८२ हजार ३६२ विनियोजन भएकामा ८७दशमलव४४ प्रतिशत अथवा रु चार अर्ब ५२ करोड ५८ लाख छ हजार ३६३ खर्च भएको छ । पुँजीगत शीर्षकको बजेटको ठूलो मात्रा असार महिनामा खर्च गर्ने प्रवृतिमा अझै सुधार आउन सकेको छैन् ।
यसैगरी गत आर्थिक वर्षमा जिल्लाका सङ्घीय कार्यालयबाट रु १५ करोड २१ लाख ५१ हजार १८४ र प्रदेशका कार्यालयबाट रु दुई करोड ९६ लाख ८ हजार ७८१ राजस्व सङ्कलन भएको उक्त कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
मलेसियाको जेलमा रहेका पूर्व नेता नजिबले बाँकी सजाय घरमा नै बिताउन पाउने
पुष २२, २०८१ सोमबार
सरकारले बढायो सार्वजनिक यातायातको भाडा
पुष २२, २०८१ सोमबार
सुन गोहोरोसहित दुई जना पक्राउ
पुष २२, २०८१ सोमबार
निष्पक्ष पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ होः राष्ट्रपति पौडेल
पुष २२, २०८१ सोमबार
सरकार मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २२, २०८१ सोमबार