पाल्पाका उत्कृष्ट शिक्षक तथा विद्यालय सम्मानित
नेपालबहस संवाददाता
साउन ३, २०७९ मंगलबार १३:४२:४३
३ साउन, रामपुर । पाल्पामा उत्कृष्ट शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको छ । लुम्बिनी प्रदेश, शिक्षा तथा सामाजिक विकास मन्त्रालय,सामाजिक विकास डिभिजन कार्यालय पाल्पामार्फत जिल्लाका ३० शिक्षकलाई सम्मान गरिएको हो ।
सामुदायिक विद्यालयको शैक्षिक सुधारमा योगदान पु¥याएवापत रामपुरको रामतुलसी मावि सम्मानित भएको छ । सम्मानित शिक्षकलाई प्रतिशिक्षक रु १० हजार र प्रतिविद्यालयलाई रु दुई लाख ५० हजारका दरले सम्मान गरिएको हो ।
शैक्षिक क्षेत्रमा सामुदायिकतर्फ जिल्लामै नमूना विद्यालयको रूपमा रहेको यस विद्यालय पछिल्लो समय सबै अभिभावक तथा विद्यार्थीको रोजाइमा परेको छ । विद्यार्थीको मनोभावनाअनुरुप विभिन्न कार्य गरी पठनपाठन गराउँदै आएको रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्साल बताए।
‘शिक्षकको सम्मान, विद्यार्थीको विश्वास’, ‘विद्यालयको सम्मान, समुदायको इज्जत’ भन्ने नाराका साथ डिभिजन कार्यालयले हरेक वर्ष शिक्षक र विद्यालयलाई सम्मान गर्दै आएको छ ।
जिल्ला समन्यव समिति पाल्पाका प्रमुख टङ्कनाथ खनालले अन्धकारमा रहेको व्यक्तिलाई ज्ञानको ज्योति छरेर शिक्षकले उज्यालोतर्फको बाटो तय गरिदिने गरेको बताए । शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालय लुम्बिनी प्रदेशका सचिव कृष्णप्रसाद पन्थले शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय योगदान पु¥याउने सामुदायिक विद्यालयका उत्कृष्ट शिक्षक तथा विद्यालयलाई प्रदेश सरकारले सम्मान गर्दै आएको जानकारी दिए ।
प्रदेशका छवटा सामाजिक विकास डिभिजन कार्यालयमार्फत उत्कृष्ट शिक्षक र विद्यालयलाई सम्मान गरिँदै आएको जनाइएको छ । सो कार्यालयका प्रमुख हरिलाल अर्यालले विभिन्न सूचकहरूका आधारमा शिक्षक र विद्यालयलाई सम्मान गर्दै आएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
काठमाडौं अदालतमा रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस सुरू हुने
पुष २८, २०८१ आइतबार
गोरखानाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ मा सहभागी टोली
पुष २८, २०८१ आइतबार
च्याम्पियन ट्रफिका लागि न्युजिल्यान्डको टिम घोषणा, सुरुवाती खेल पाकिस्तानसँग
पुष २८, २०८१ आइतबार
सुरक्षा पन्तको चलचित्र ‘खेल’ वैशाख १२ मा रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक
पुष २८, २०८१ आइतबार