कांग्रेसको निर्णयले विपक्षी एमाले दवावमा, सिट बाँडफाँडबारे सत्ता गठबन्धनमा छलफल सुरु
नेपालबहस संवाददाता
साउन ३, २०७९ मंगलबार १५:१३:३२
३ साउन, काठमाडौं । आगामी निर्वाचनमा अहिलेकै गठबन्धनलाई निरन्तरता दिने नीतिगत सहमतिमा पुगेसँगै सत्तारूढ पाँचै दलले तालमेलको मोडालिटी र सिट बाँडफाँड बारे छलफल सुरु गर्ने भएका छन् । सुरुमा शीर्ष तहमा छलफल गर्ने, त्यसका आधारमा आ–आफ्ना पार्टीभित्र छलफल गर्ने र त्यसपछि औपचारिक निर्णयमा पुग्ने उनीहरूको योजना छ ।
यता, नेपाली कांग्रेसको केन्द्रीय समिति बैंकले आगामी निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरुबीच तालमेल गरेर जाने निर्णय गरेपछि प्रतिपक्षी दल नेकपा एमाले दवावमा परेको छ । स्थानीय तहमा एमाले एक्लैले ३४ प्रतिशत मत प्राप्त गरेकाले बहुमतका लागि बाँकी १६ प्रतिशत बढाउने गरी बाम गठबन्धन गर्ने तयारीमा रहेको एमालेका लागि कांग्रेसको यो निर्णय भारी हुने देखिएको छ ।
पाँचदलीय गठबन्धन तालमेलको बिन्दुमा पुगेपछि एमालेमाथि ठूलो अंकगणितीय दबाब पैदा भएको छ । कांग्रेसले प्रदेश र संघीय निर्वाचनमा अहिलेकै गठबन्धनसहित जाने निर्णय लिएसँगै प्रमुख प्रतिपक्षी एमाले दबाबमा परेको हो । गठबन्धनकै कारण स्थानीय निर्वाचनमा अपेक्षाकृत नतिजा पाउन नसकेको एमालेलाई कांग्रेसको पछिल्लो निर्णयले झनै अप्ठ्यारोमा पारेको छ ।
हुन त आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने गरी चुनावको तयारी गर्न उसले तल्ला निकायलाई निर्देशन दिएको छ । तर, सर्तसहित तालमेलको ढोका पनि बन्द गरेको छैन । पाँच दलीय गठबन्धनमा जटिलता रहे पनि आवश्यकता भएकाले मापदण्ड बनाएरै तालमेलको औपचारिक निर्णय हुने नेताहरूले बताएका छन् । कांग्रेसबाहेकका दलले तालमेल सम्मानजनक हुनुपर्नेमा जोड दिएका छन् ।
माओवादी नेता हरिबोल गजुरेलले जटिलताका बाबजुद गठबन्धन आजको आवश्यकता रहेको र आजबाट सिट बाँडफाँडका विषय छलफल सुरु हुने बताए । गत २३ असारमा सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले वर्तमान गठबन्धनलाई प्रभावकारी बनाउन जोड गर्ने निर्णय गरेको थियो । तत्काल प्रतिगामी र दक्षिणपन्थी शक्तिका विरुद्ध तात्कालिक जिम्मेवारी संविधानको रक्षा, शान्तिप्रक्रियाको पूर्णता एवं संघीयतासहितको लोकतन्त्रमा सहमत शक्तिसँग गठबन्धनको नीति अख्तियार गरिने निर्णय माओवादी केन्द्रले गरेको थियो ।
सत्तागठबन्धनको अर्को दल एकीकृत समाजवादीले पनि वर्तमान गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएको छ । एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालका अनुसार गठबन्धन सबै दललाई आवश्यक छ । प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा पाँचदलीय गठबन्धन नै कायम रहन्छ र आजैबाट शीर्ष नेताहरु यसको आन्तरिक छलफलमा जुट्ने छन् ।
एकीकृत समाजवादीको गत १३ र १४ असारमा बसेको राष्ट्रिय परिषद् बैठकले पाँचदलीय गठबन्धन अहिलेको आवश्यकता भएको निष्कर्ष निकालेको थियो । बैठकले प्रतिगामी, पुनरुत्थानवादी तथा दक्षिणपन्थीहरूबाट लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता, संविधान र जनताको सर्वभौमिकतामा प्रहार हुन सक्ने स्थितिप्रति सजग रहँदै वाम–लोकतान्त्रिक गठबन्धनमा रहेका दलसहित सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई एकजुट हुन आह्वान गरेको थियो ।
सत्तागठबन्धनको अर्को दल जसपाले पनि आगामी निर्वाचनमा वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने निर्णय गरिसकेको छ । गत २९ र ३० असारमा वीरगन्जमा बसेको जसपा केन्द्रीय कमिटी बैठकले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा पाँचदलीय गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो ।
जनमोर्चाले पनि पाँचदलीय गठबन्धनलाई नै निरन्तरता दिने निर्णय गरेको छ । आगामी निर्वाचनमा तालमेलको विषय जटिल भए पनि सबै दलको सहमतिमा टुंगो लगाइने र गठबन्धनमा अन्य दल पनि वर्तमान गठबन्धनकै पक्षमा उभिने कांग्रेसको विश्वास छ । ०७४ को निर्वाचनमा एमाले र माओवादीले ६०÷४० को अनुपातमा सिट बाँडेर वाम गठबन्धन गरेका थिए, पाँचदलीय गठबन्धनका लागि सिट बाँडफाँड जटिल विषय बन्ने सबै दलले अनुमान गरेका छन् ।
पाँच दलको गठबन्धन निरन्तरतापछि लोकतन्त्र र राष्ट्रियतालाई बलियो बनाउने उद्देश्यमा सहमत हुने जुनसुकै शक्तिसँग तालमेलका लागि छलफल गर्ने र एक्लै गठबन्धनको सामना गर्ने गरी तयारी अगाडि बढाउने एमालेको रणनीति छ । यसैअनुसार उसले सातै प्रदेशमा संघ र प्रदेश निर्वाचनलक्षित प्रशिक्षण सुरु गरेको छ । सोमबार मधेस प्रदेशको जनकपुरमा प्रशिक्षण आयोजना गरेको एमालेले ८ साउनमा गण्डकी प्रदेशमा प्रशिक्षण कार्यक्रम राखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
माघ १३, २०८१ आइतबार
बाढीले थुपारेको गेगर हटाउन सहयोग गर्दै हलेसी तुवाचुङ नगरपालिका
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
अछाममा बाख्रा चराउन जंगल गएका २ किशोरी मृत फेला
माघ १३, २०८१ आइतबार
वाग्मती सफाइ महाअभियानमा काठमाडौं महानगर, ७ मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
माघ १३, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, अध्यादेशको पक्षमा उभिन रणनीति तय गर्ने
माघ १३, २०८१ आइतबार