छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
नेपालबहस संवाददाता
साउन ३, २०७९ मंगलबार १६:२७:३९
३ साउन, काठमाडौं । आज भएका छुट्टाछुट्टै दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । काभ्रेपलान्चोकको रोशी गाउँपालिका–११ डालाबेशीमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
दुर्घटनामा चालक सिन्धुलीको मझुवा गाँउपालिका–५ का १९ बर्षीय मिलन मग्रातीको धुलिखेल अस्पतामा उपचारको क्रममा मृत्यु भएको हो । काठमाडौंबाट सिन्धुली तर्फ जादै गरेको बा ७० प ४१८२ नम्बरको मोटरसाइकल गएराती साढे २ बजे डिभाडरमा ठोकिएर पल्टिएको थियो ।
घाइते भएका मोटरसाइकल पछाडी सवार मृतकका २१ बर्षीय दाई प्रेम बहादुर मग्रातीको अवस्था सामान्य रहेको र उनको सोही अस्पतालमा उपचार भइरहेको छ । यस्तै काठमाडौंको तारकेश्वर नगरपालिका–८ लामाबजारमा गएराति कार र मोटरसाईकल ठोक्किँदा दुई जना गम्भीर घाईते भएका छन् ।
घाइते हुनेमा मोटरसाईकल चालक नुवाकोटका २२ वर्षिय अनमोल डंगोल र पछाडी सवार तनँहुका २७ वर्षिय अर्जुन घर्ती रहेका छन् । घाइते दुबैको ग्रिनसिटी अस्पतालमा उपचार भैरहेको छ । गएराति साढे ११ बजे बा १५ च ३६५५ नम्बरको कार र बा ९६ प ८७९४ नम्बरको मोटरसाईकल ठोक्किएका थिए ।
यसैगरी काभ्रेपलाञ्चोकको भुल्लु गाँउपालिका १० दोलालघाटमा हिजो बेलुकी कार र टिपर ठोक्किँदा कारमा सवार तीन जना गम्भीर घाइते भएका छन् । घाइते तीनै जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको छ ।
चरिकोटबाट काठमाडौं आउदै गरेको ग २ च ७०९२ नम्बरको कार र विपरीत दिशाबाट जादै गरेको बा ४ ख ४९१८ नम्बरको टिपर हिजो बेलुकी सवा ८ बजे ठोक्किएका थिए । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
माघ १३, २०८१ आइतबार
बाढीले थुपारेको गेगर हटाउन सहयोग गर्दै हलेसी तुवाचुङ नगरपालिका
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
अछाममा बाख्रा चराउन जंगल गएका २ किशोरी मृत फेला
माघ १३, २०८१ आइतबार
वाग्मती सफाइ महाअभियानमा काठमाडौं महानगर, ७ मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
माघ १३, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, अध्यादेशको पक्षमा उभिन रणनीति तय गर्ने
माघ १३, २०८१ आइतबार