प्रमोद खरेलको मुद्दामा सेटिङ मिलाउने न्यायाधीश शर्मा निलम्बनमा
नेपालबहस संवाददाता
साउन ३, २०७९ मंगलबार १९:३२:५२
३ साउन, काठमाडौं । ज्यान मार्ने उद्योग जस्तै उपचार बिधि अपनाएर प्रतिलिपि अधिकार सम्बन्धी बौद्धिक लडाइमा आरोपितलाई पटक पटक म्याद थप्दै हिरासतमा राख्दै गरेका गायक प्रमोद खरेलको सेटिङमा बिन्ध्यबासिनी म्युजिक प्रा,लिका संचालकहरूलाई दुःख दिने नियतले न्याय सम्पादन गरेका जिल्ला न्यायाधीश अनिलकुमार शर्मा निलम्बनमा परेका छन ।
न्याय परिषद्को सिफारिसमा उनलाई गलत आचरणमा कारबाही गरिएको हो । न्यायपरिषद बैठकले थप २ जना न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गर्दा उनी पनि परेका हुन् । परिषद्को सोमबार बसेको बैठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशलाई बर्खास्त गर्न कायममुकायम प्रधानन्यायाधीश समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार उच्च अदालतका न्यायाधीश राकेशकुमार निधि र जिल्ला अदालत काठमाडौंका न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गरेको हो । उनले गलत नियत राखेल बिन्ध्यबासिनी म्युजिक प्रा,लिका संचालकहरूलाई दुःख दिने काम गरेका थिए । करारले श्रृजना गरेको दायित्व सरकारबादी फौजदारी हुदैन ।
ब्यक्तिबादी मुद्दालाई सरकारबादी बनाउने नियतले दर्ता भएका मुद्दालाई न्यायालयले न्यायिक हिसाबले हेर्नु पर्नेमा प्रमोद खरेलको पक्षमा आदेश दिएका न्यायधीश अनिल कुमार शमोले प्रारम्भिक सुनुवाइपछि पनि मुद्दा हेर्दा हेर्दैमा राखेर महिनौं गायब भएका थिए ।
मुस्किलले ३ लाख बिगो कायम भएको आरोप पत्रका आधारमा निजले बिन्ध्यबासिनी म्युजिक प्रा.लिसँंग ४ लाख दश हजार धरौटी मागेका थिए । करोडौंको कारोबार भएको ठाँउमा लाखमा धरौटी लिने अदालतको सामान्य प्रक्रिया छ तर बिगोभन्दा धेरै धरौटी मागेर उनले प्रमोद खरेलका पक्षमा आदेश गरेका थिए । जसलाई उच्च अदालत पाटनले खारेज गरिदिएको थियो ।
गायक प्रतिलिपि अधिकारको धनि हुदैन् । संसार भर स्थापित कानूनको एउटै ब्याख्या छ कि ब्यक्तिवादी कतारले श्रृजना गरेको दायित्व सरकारबादी हुदैन् । सरकारवादी मुद्दामा हदम्याद हुन्छ । ब्यक्ति सम्मिलित मुद्दामा हकदैया र क्षेत्राधिकार सम्बन्धि कुराहरू ऐनमा कानुनमा उल्लेख छन ।
जबरजस्ती करणी वा बहुबिबाह सम्बन्धित नजिरका आधारमा प्रतिलिपि अधिकार एवं बौद्धिक सम्पत्ति माथिको अधिकारलाई तुलना गरेर ब्यक्तिवादी मुद्दालाई सरकारवादी बनाउन प्रमोद खरेल र उसको सन्ताउन्न जनासँंगको ग्यांङसंग मिलेर बिन्ध्यबासिनी म्युजिकका संचालकहरूलाई दुःख तनाव र हैरानी दिने उनको आदेश अहिले सर्बोच्चसम्म पुगेर उत्प्रेषणसहितको परमादेशको पर्खाइमा पेशी चढिरहेको छ ।
पछिल्लो समय,सेटिङमा हुने कुराहरू बिस्तारै भन्डाफोर हुदै गैरहेका छन् । न्यायाधीश अनिल कुमार शर्माले प्रमोद खरेलसंँग गरेको सेटिङले पनि एऊटा बाटो लिएको छ । न्याय सम्पादन गर्ने न्यायाधीशहरूको आचरणमा यस्ता प्रश्न हरू फेरि नउठुन । समाज सभ्य बनोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस संसदीय दलको बैठक बस्दै, अध्यादेशको पक्षमा उभिन रणनीति तय गर्ने
माघ १३, २०८१ आइतबार
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै
माघ १३, २०८१ आइतबार
पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
माघ १३, २०८१ आइतबार
बाढीले थुपारेको गेगर हटाउन सहयोग गर्दै हलेसी तुवाचुङ नगरपालिका
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
अछाममा बाख्रा चराउन जंगल गएका २ किशोरी मृत फेला
माघ १३, २०८१ आइतबार
वाग्मती सफाइ महाअभियानमा काठमाडौं महानगर, ७ मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
माघ १३, २०८१ आइतबार