वैकल्पिक गठबन्धनबारे दाहाल र भट्टराईबीच छलफल, नेपालसहित खनाल र गौतम पनि सहभागी हुँदै
नेपालबहस संवाददाता
साउन ३, २०७९ मंगलबार १९:५८:९
३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईबीच वैकल्पिक गठबन्धन निर्माण गर्ने विषयमा छलफल भएको छ । दुई नेताबीच सिंहदबारमा छलफल भएको हो ।
माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दाहाल र भट्टराईबीच छलफल शुरु भएको हो । सो छलफलमा दिउँसो ४ बजे नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल र वामदेव गौतम पनि सहभागी हुने माओवादीले जनाएको छ ।
यसअघि दाहाल र भट्टराईबीच उप राष्ट्रपति नन्दबहादुर पुनको निवासमा पनि छलफल भएको थियो । माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गैरकांग्रेस, गैरएमालेको सामाजवादी केन्द्र बनाउने विषयको प्रस्ताव दाहालले गरेका थिए ।
एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले हालै केन्द्रीय कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पनि नयाँ वामपन्थी गठबन्धन बन्नु पर्ने बताएका थिए । नेपाली कांग्रेसले अहिलेको पाँच दलीय सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्ने निर्णय गरेपछि उनीहरुले पनि छुट्टै वैकल्पिक गठबन्धन बनाउन छलफल सुरु गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
काठमाडौं अदालतमा रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस सुरू हुने
पुष २८, २०८१ आइतबार
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन पहिलो महाभियोग सुनुवाइमा उपस्थित नहुने
पुष २८, २०८१ आइतबार
च्याम्पियन ट्रफिका लागि न्युजिल्यान्डको टिम घोषणा, सुरुवाती खेल पाकिस्तानसँग
पुष २८, २०८१ आइतबार
सुरक्षा पन्तको चलचित्र ‘खेल’ वैशाख १२ मा रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक
पुष २८, २०८१ आइतबार