नवलपरासीमा सामुदायिक मिर्गौला डायलाइसिस सेवा केन्द्र स्थापना गरिदै
नेपालबहस संवाददाता
साउन ३, २०७९ मंगलबार २१:४७:४५
३ साउन, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा पहिलो पटक सामुदायिक मिर्गौला डायलाइसिस सेवा केन्द्र स्थापना हुने भएको छ। आगामी दसैँ अगाडि नै संचालनमा ल्याउने गरी सुनवलमा सेवा केन्द्र स्थापना गर्न लागिएको हो । नवलपरासी सामुदायिक मिर्गौला डायलाइसिस सेवा केन्द्र स्थापना तथा संचालनका लागि सुनवल नगरपालिका र बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालबीच दुईपक्षीय सम्झौता गरी तयारी थालिएको सुनवल नगरपालिकाकी प्रमुख बिमला अर्यालले राससलाई जानकारी दिए । जिल्लामै मिर्गौला डायलाइसिस सेवा नहुँदा यहाँका बिरामी बुटवल, भैरहवा, चितवन वा काठमाडौँ जानुपर्ने बाध्यता थियो।
हाललाई दश वटा उपकरणसहित सुनवलको बालमैत्री सिकाइ केन्द्रको भवनमा डायलाइसिस सेवा संचालन गर्ने गरी काम थालिएको उल्लेख गर्दै उनले भने, “सेवा केन्द्रको स्थायी संरचना नहुँदासम्मका लागि सिकाइ केन्द्रको भवनमा संचालन गर्न लागेका छौँ, यसबाट मिर्गौलापीडित बिरामीले जिल्ला बाहिर गएर सेवा लिनुपर्ने बाध्यता हट्नेछ” सुनवलमा स्थापना हुने सेवा केन्द्रबाट सुनवलसहित पश्चिम नवलपरासीका मिर्गौलापीडित बिरामीले सेवा पाउने छन् । करिब रु पाँच करोडको लागतमा स्थापना हुने उक्त केन्द्रमा दैनिक बीस बिरामीको नियमित डायलाइसिस गरिने र बिरामीको चाप बढ्दै गए सेवा सुविधा पनि विस्तार गरिने गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।
उनका अनुसार पश्चिम नवलपरासी जिल्लाबाट ४२ बिरामी नियमित डायलाइसिसका लागि बुटवलको मुटु अस्पतालमा जाने गरेका छन् । त्यसमध्ये अधिकांश सुनवलका बिरामी रहेकोले पनि सेवा केन्द्र सुनवलमा संचालन गर्न लागिएको होे । सेवा केन्द्रमा तालिम प्राप्त विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिने नगरपालिकाले जनाएको छ । मिर्गौलापीडित रेकबहादुर गुरुङ्ले जिल्लामै सेवा केन्द्र स्थापना हुनु खुसीको कुरा भएको र अब टाढा जान नपर्ने भएकोले राहत हुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार