राष्ट्रिय परिचयपत्र बनाउन बिहान पाँच बजेदेखि नै लाइनमा बस्नुपर्ने सेवाग्राहीको गुनासो
नेपालबहस संवाददाता
साउन ३, २०७९ मंगलबार २१:४२:१२
३ असार, लमजुङ । जिल्ला प्रशासन कार्यालय लमजुङमा राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीहरू विहानै ५ बजे देखि लाईन बस्ने गरेका छन् । दैनिक ६० जनाले मात्रै सेवा पाउने भएपछि टोकन लिनकै लागि बिहान ५ बजे देखिनै लाइनमा बस्ने गरेको सेवाग्राहीहरूको भनाइ छ ।
जिल्लामा दैनिक दुई सयको हाराहारीमा सेवाग्राही राष्ट्रिय परिचयपत्रका लागि मात्रै आउने गरेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । तर, कार्यालयले भने हाल दैनिक ६० जनालाई मात्रै सेवा दिन सकेकोको लमजुङका प्रमुख जिल्ला अधिकारी शुसिल वैद्यले बताए ।
सरकारले राहदानीका लागि राष्ट्रिय परिचय अनिवार्य गरेकोले सेवाग्राही बढेको प्रजिअ वैद्यले बताए । राष्ट्रिय पत्र सेवा प्रवाहका लागि हाल एउटा मात्रै डेक्स रहेकोले पहिला नाम दर्ता गर्ने र पालोअनुसार बोलाउने गरेको प्रजिअ वैद्यको भनाइ छ ।
सेवाग्राहीको चाप बढेसँगै सेवा प्रवाहलाई सहज बनाउन जनशक्ति र आवश्यक उपकरण माग गरेको प्रजिअ वैद्यले बताए । मागअनुसार मन्त्रालयबाट पनि थप जनशक्ति र उपकरण उपलब्ध गराउने निर्णय भइसकेकोले केही दिनमै अस्थाई व्यवस्थापन गरी साउन महिनासँगै दुई वटा स्टेशनबाट सेवा प्रवाह सुरु गरिने प्रजिअ वैद्यले बताए ।
गत साउनबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलन सुरु भएको हो । सोही अभियानलाई विस्तार गर्दै स्थानीय तहमा पनि अभियान सञ्चालन गर्नेगरी तयारी भइरहेको प्रशासनले जनाएको छ ।
सरकारले सबै नागरिकको वैयक्तिक तथा जैविक विवरण डिजिटल अभिलेख गर्दै सबैखाले सेवा प्रवाह छिटो छरितो गर्न तथा विद्युतीय सुशासन कायम गर्ने उद्देश्यले राष्ट्रिय परिचय पत्र वितरणको अभियान शुरु गरेको हो ।
सुरक्षा चिप्ससहितको परिचयपत्रले नागरिकका व्यक्तिगत र बायोमेट्रिक विवरणमा तत्काल पहुँच दिनेबाहेक नेपाली, गैरआवासीय नेपाली र विदेशीको वर्गीकरणमा पनि मद्दत पुर्याउने बताइन्छ । यसबाहेक व्यक्तिगत विवरणको जाँच र विकास योजना तर्जुमामा पनि परिचयपत्रले मद्दत गर्ने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार कृषि अनुदानमा खर्च
पुष २८, २०८१ आइतबार
काठमाडौं अदालतमा रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस सुरू हुने
पुष २८, २०८१ आइतबार
गोरखानाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ मा सहभागी टोली
पुष २८, २०८१ आइतबार
च्याम्पियन ट्रफिका लागि न्युजिल्यान्डको टिम घोषणा, सुरुवाती खेल पाकिस्तानसँग
पुष २८, २०८१ आइतबार