थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि
नेपालबहस संवाददाता
साउन ३, २०७९ मंगलबार २३:२६:३९
३ साउन , काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ३५७ जनाको नमूना परीक्षण गरिएको थियो ।
एक हजार ८५७ जनाको पिसिआर तथा एक हजार पाँच सय जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सो अवधिमा ६२ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । यो सँगै संक्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६८ हजार १२६ पुगेको छ । संक्रमण मुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३६ हजार ३४८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय संक्रमितको सङ्ख्या एक हजार ९८२ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५४ पुगेको छ । हाल होम आइसोलेशनमा एक हजार ८६५, संस्थागत आइसोलेसनमा ११७ र आइसियूमा १९ संक्रमित छन् ।
हाल देशभरमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला काठमाडौँ मात्र रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, जाजरकोट, कालिकोट, मुगु, बाजुरा र डढेलधुरा छन् ।
उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार १०९, ललितपुरमा १६० र भक्तपुरमा ४२ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरूद्धको एचपिभी खोप दिइने
पुष २०, २०८१ शनिबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार