दुर्घटनामा परी इजिप्टमा २२ को मृत्यु
नेपालबहस संवाददाता
साउन ३, २०७९ बुधबार ०:६:४०
३ साउन , एजेन्सी । दुर्घटनामा परी इजिप्टमा मङ्गलबार कम्तीमा २२ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३३ जना घाइते समेत भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
देशको दक्षिणी क्षेत्रमा पर्ने मिन्या प्रान्तमा घटना भएको जनाइएको छ । “राजधानी कायरो तर्फ आइरहेको बस दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो,” गभर्नर ओसामा अल क्वाडीले भने ।
दुर्घटनामा परेको बस देशको दक्षिणी प्रान्त सोहाङबाट हिडेको थियो । सडकमा रोकेर राखिएको ट्रकमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।
घाइतेहरूलाई एम्बुलेन्समा राखेर स्थानीय अस्पतालमा लागिएको छ । उनीहरूको अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको र अधिकांशको अवस्था समान्य रहेको चिकित्सकहरूले जनाएका छन् ।
राजधानी कायरो देखि २०० मिटर टाढा घटना भएको हो । इजिप्टमा यस्ता दुर्घटना बेला बेलामा भइरहने गरेका छन् । सडक तथा यातायातका साधनको बिग्रिएको अवस्था, चालकको लापरवाही लगायतका कारणले बढी दुर्घटना हुने गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबंगलादेशमा हसिना कालका पुर्व प्रहरी महानिरीक्षक पक्राउ
पुष २२, २०८१ सोमबार
बगलादेशमा शेख हसिनासहित ११ जनाविरुद्ध अर्को पक्राउ पुर्जी जारी
पुष २२, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
सुन गोहोरोसहित दुई जना पक्राउ
पुष २२, २०८१ सोमबार
निष्पक्ष पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ होः राष्ट्रपति पौडेल
पुष २२, २०८१ सोमबार
सरकार मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २२, २०८१ सोमबार
एमाले बैठक भोली फेरी बस्ने, ५२ जना सदस्यले बोल्न बाँकी
पुष २२, २०८१ सोमबार
आगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता हुने
पुष २२, २०८१ सोमबार