करार कर्मचारीको म्याद थप नहुँदा शल्यक्रिया सेवा बन्द
नेपालबहस संवाददाता
साउन ४, २०७९ बुधबार १५:५६:१४
४ साउन, चरीकोट । दोलखाको पशुपति चौलागाईँ स्मृति प्रदेशिक अस्तालमा कार्यरत करार कर्मचारीको म्याद थप नहुँदा शल्यक्रियासहितको विशेषज्ञ सेवा बन्द भएको छ ।
बागमती प्रदेश सरकार मातहत रहेको प्रदेशस्तरीय सो अस्पतालमा कार्यरत करार कर्मचारीको यो महिनादेखि म्याद थप नहुँदा शल्यक्रियासहित विशेषज्ञ सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी शान्ति न्यौपानेले जानकारी दिए । यही साउन १ गतेदेखि नै शल्यक्रिया सेवा बन्द भएको हो ।
पचास शय्या क्षमताको प्रदेशस्तरीय अस्पतलामा ७२ कर्मचारी कार्यरत रहेकामा नौ जना मात्रै स्थायी स्वास्थ्यकर्मी छन् । तीमध्ये दुई जना अध्ययन बिदामा छन् । अस्पतालमा सात कर्मचारी मात्र हाल कार्यरत छन् । कार्यरत ६३ करार कर्मचारीको म्याद नवीकरण नगर्न अस्पताललाई बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले पत्राचार गरेको छ ।
अस्पतालले हालसम्म भीमेश्वर नगरपालिकासँगको समन्वयमा अस्पतालबाट प्रदान गरिने सबै सेवा निःशुल्क प्रदान गर्दै आएको थियो । बिरामी कुरुवालाई समेत खाना अस्पतालले नै निःशुल्क उपलब्ध गराउँदै आएको थियो ।
एकैपटक ६३ कर्मचारीको म्याद थप नहुँदा अस्पतालबाट प्रदान गरिने सेवा प्रभावित बनेको छ । अस्पतालमा दैनिक दुई सयदेखि तीन सयसम्म बिरामी उपचारका लागि आउने गरेको सूचना अधिकारी न्यौपानेले बताए ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयमार्फत अस्पतालमा कर्मचारीका विषयमा वैकल्पिक व्यवस्था नगरी एकैपटक सबै हटाउन निर्देशन आएपछि व्यवस्थापनमा समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर केसीले बताए । साउन १ गतेदेखि सबै करारका कर्मचारीले अस्पताल छाडिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
इङल्याण्डमाथि शानदार जित निकालेको नेपालले भोली अस्ट्रेलियासँग खेल्ने
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार