नवलपुरक कावासोतीमा उठ्यो रु २४ अर्ब राजस्व
नेपालबहस संवाददाता
साउन ४, २०७९ बुधबार १९:२६:५४
४ साउन , नवलपुर । आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेन । कार्यालयले गत आवका लागि पाएको लक्ष्यभन्दा रु ४१ करोड ५२ लाख २२ हजार कम राजस्व संकलन भएको हो ।
सो कार्यालयका प्रमुख कर अधिकृत टेकबहादुर अर्यालले गत आर्थिक वर्ष २०७८÷७९ मा रु २४ अर्ब ११ करोड १२ लाख एक हजार राजस्व संकलन गरेको जानकारी दिए । उनका अनुसार कार्यालयले २०७८ साउन १ देखि २०७९ असार ३२ गतेसम्म रु २४ अर्ब ५२ करोड ६४ लाख २३ हजार राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो । कार्यालयले राजस्व संकलनमा ९८ दशमलब ३१ प्रतिशत प्रगति हासिल गरेको जनाइएको छ ।
कार्यालयले सबैभन्दा बढी राजस्व अन्तःशुल्क शीर्षकबाट असुली गरेको छ । अन्तःशुल्कबाट रु २३ अर्ब चार करोड ७२ लाख लाख २७ हजार राजस्व संकलन भएको छ । यस शीर्षकमा लक्ष्यभन्दा १ दशमलब ७० प्रतिशत कम राजस्व संकलन भएको उनले बताए । कार्यालयले अन्तःशुल्क शीर्षकमा रु २३ अर्ब ४४ करोड ६५ लाख २२ हजार राजस्व संकलन गर्ने वार्षिक लक्ष्य राखेको थियो ।
त्यसैगरी, कार्यालयले आय करतर्फ रु ६१ करोड ७३ लाख १८ हजार राजस्व संकलन गर्न सफल भएको छ । कार्यालयले आय करतर्फ रु ५६ करोड ७९ लाख ८१ हजार राजस्व संकलन गर्ने वार्षिक लक्ष्य राखेको थियो । कार्यालयले आय करमा लक्ष्यभन्दा रु चार करोड ९३ लाख ३७ हजार बढी राजस्व संकलन गर्न सफल भएको छ ।
त्यस्तै मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ रु ४० करोड ९३ लाख १७ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेकामा रु ३४ करोड ८१ लाख ७६ हजार राजस्व संकलन भएको छ । कार्यालयले मूल्य अभिवृद्धि करमा लक्ष्यभन्दा रु छ करोड ११ लाख ४१ हजार कम राजस्व संकलन गरेको हो ।
कार्यालयले लक्ष्य अनुसारको प्रगति हासिल गर्न नसके पनि गत आव २०७८÷७९ मा संकलन गरेको राजस्व अघिल्लो आव २०७७÷७८ मा भन्दा रु सात अर्बले बढी हो । कार्यालयले अघिल्लो आवमा रु १६ अर्ब ६१ करोड ५९ लाख ३७ हजार मात्रै राजस्व संकलन गरेको थियो । पहिले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का करदाताहरुले चितवनको आन्तरिक राजस्व कार्यालय भरतपुरमा कर तिर्दै आएकामा अघिल्लो आर्थिक वर्षबाट जिल्लामै कर तिर्न पाएका हुन् ।
आर्थिक वर्ष २०७७÷७८ को साउन १ गतेदेखि नवलपुरको कावासोतीमा आन्तरिक राजस्व कार्यालय स्थापना भएपछि जिल्लाभित्रका सबै करदाताले यही कार्यालयमा राजस्व बुझाउँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सिद्धार्थ लाईफ केयरद्वारा मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर
पुष २८, २०८१ आइतबार
काठमाडौं अदालतमा रवि लामिछानेको थुनछेक बहस जारी
पुष २८, २०८१ आइतबार
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस
पुष २८, २०८१ आइतबार
माघेसंक्रान्ति मेलाको तयारी अन्तिम चरणमा
पुष २८, २०८१ आइतबार
दिल्लीमा हल्का वर्षासँगै व्यापक चिसो
पुष २८, २०८१ आइतबार
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
पुष २८, २०८१ आइतबार