दश महिनामा एनजीओको साढे २६ अर्बभन्दा बढी बजेट स्वीकृत
नेपालबहस संवाददाता
साउन ५, २०७९ बिहिबार १३:६:४७
५ साउन, काठमाडौं । समाज कल्याण परिषद्ले दश महिनामा गैरसरकारी संस्था ‘एनजीओ’को साढे २६ अर्बभन्दा बढी बजेट स्वीकृत गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ को पहिलो १० महिना अर्थात २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा परिषद् एनजीहरुको उक्त बजेट स्वीकृत गरेको हो ।
परिषद्का अनुसार दश महिनामा स्वीकृत भएको कूल बजेट २६ अर्ब ६७ करोड ४४ हजार ५८३ रुपैयाँ रहेको छ । यो रकममध्ये एनजीओहरुले २६ खर्ब १२ करोड ३० लाख ४० हजार १८६ रुपैयाँ बाह्य दाताबाट प्राप्त गर्नेछन् ।
बाँकी ५४ करोड ७० लाख ४ हजार ३९७ रुपैयाँ भने एनजीओहरुले आन्तरिक रुपमा व्यवस्थापन गर्ने परिषद्ले जनाएको छ ।
दश महिनाको अवधिमा परिषद्ले विभिन्न एनजीओका १ हजार १५५ वटा प्रोजेक्टहरुलाई स्वीकृति प्रदान गरेको छ, जहाँ उक्त रकम खर्च गरिने छ । एनजीओका कार्यक्रम देशका ७७ वटै जिल्लामा रहेका छन् । स्वीकृत भएको बजेट केही एक वर्षको लागि र केही पाँच वर्षे कार्यक्रमको लागि रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
नवलपरासी आलुमा आत्मनिर्भर
पुष २२, २०८१ सोमबार
अतिक्रमित जग्गा फिर्ता नहुँदा माछा पोखरी असुरक्षित, अवैध संरचना भत्काउने तयारी
पुष २२, २०८१ सोमबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २२, २०८१ सोमबार
बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा
पुष २२, २०८१ सोमबार
यस्तो छ तरकारी र फलफूल आजको मूल्य
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार