एन्फा कार्यसमितिकाे बैठक दुईपटक नै स्थगित
नेपालबहस संवाददाता
साउन ५, २०७९ बिहिबार १६:४३:२२
५ साउन , काठमाडौं । पंकजबिक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएपछिकाे दोस्रो बैठक सुरु नहुँदै स्थगित भएकाे छ। अध्यक्ष नेम्वाङ बैठकको बीचमा नै उठेर हिँडेपछि सो बैठक स्थगित भएको हाे ।
अध्यक्ष कार्यक्रमको बीचैबाट उठेर हिँडेपछि आजकाे कार्यक्रम स्थगित भएको जनाइएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहान सात बजेलाई बैठक बोलाएपनि ढिला गरि ८:३० मा मात्रै सुरु भएको थियो । गत सोमबार बैठक बोलाइएपनि अन्तिम समयमा अध्यक्ष नेम्बाङ अस्वस्थ भएपछि बैठक स्थगित भएको थियो ।
बैठकमा विविधसहित १२ बुदामा एजेन्डा राखिएको छ । जसमा विवादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेन्डा रहेको छ ।
पछिलो समय पदाधिकारी नियुक्तिमा भने निकै पेचिलो बनेको छ । कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै एन्फा हाक्न आएका पंकज आज निकै दवावमा परेका छन् ।
तीन समूहलाई समेटेर नियुक्ति नै कठिन रहेको छ । सीईओ, प्रवक्ता, उपमहासचिव, तीन सहमहासचिव, मानार्थ अध्यक्षसहित विभिन्न पदमा आज नियुक्ति गर्ने एजेण्डा थियाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा हुने
पुष १८, २०८१ बिहिबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
सुन गोहोरोसहित दुई जना पक्राउ
पुष २२, २०८१ सोमबार
निष्पक्ष पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ होः राष्ट्रपति पौडेल
पुष २२, २०८१ सोमबार
सरकार मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २२, २०८१ सोमबार
एमाले बैठक भोली फेरी बस्ने, ५२ जना सदस्यले बोल्न बाँकी
पुष २२, २०८१ सोमबार
आगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता हुने
पुष २२, २०८१ सोमबार