थाहा पाउनुहोस् आजको राशीफल कस्ताे छ ?
नेपालबहस संवाददाता
साउन ८, २०७९ आइतबार १३:२९:२२
८ साउन २०७९, आइतबार । तद्नसार जुलाई २४ । श्रावणकृष्णपक्ष एकादशी, आजको एकादशीलाई कामिका एकादशी भनिन्छ । चातुर्मास महिनाको यो दोस्रो एकादशी हो । साउन महिनाको एकादशी भएकाले पनि आज निकै महत्वपूर्ण एकादशी मानिन्छ । एकादशीको दिन अन्न ग्रहण निषेध गरिएको छ । एकादशीको व्रत बस्ने व्यक्तिले फलाहार मात्र सेवन गर्न सकिन्छ । बालव करण, रोहिणी नक्षत्र, बृद्धि योग, चन्द्रमा वृष राशिमा छ । आज बिहान सूर्योदय ५ः२३ भएको छ भने सूर्यास्त ६ः५९ हुनेछ । बिहान ११ः४४ देखि १२ः३८ सम्म अभिजित मुर्हूत हुनेछ । आजका देवता सूर्य र ग्रहदेव बुध हुन् । आइतबार बिहान सूर्योदयको दर्शन गर्दा साताभर शुभ हुनेछ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ):-आज व्यापार व्यवसायबाट लाभ हुनेछ । परिवार र मित्रमण्डमलीबाट नयाँ कार्यायोजनाका निमित्त सहयोग पाउनुहुनेछ । मेष राशिका जातकका लागि आजको दिन सूर्यनारायणका दर्शन निकै फलदायी हुनेछ । बिहान सूर्यको दर्शन गरेर काम शुरु गर्दा दिनभर कार्यसिद्धि हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :- आजको दिन अनुकुल छ । मनमा मानसिक चिन्ता, अनसन्तुष्टी रहन सक्छ । यात्राका लागि अवसर आउनसक्छ । धार्मिक क्षेत्रको यात्रा गर्नु बेस हुनेछ । चन्द्रमाको साथ रहेको छ । बिहानको सूर्योदयको दर्शन गर्नुहोला ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :- आज परिवार र आफन्तजनमा आर्थिक विवाद हुनसक्छ । मिथुन राशिका जातकले आज मौन रहनु बेस हुनेछ । परिवारमा अनावश्यक विवाद हुन खोज्दा विवाद बढ्नसक्छ । सोचअनुसार काम नहुँदा हुने चिन्ताको बीचमा सकारात्मक सोचको आवश्यकता रहेको छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :-आफन्त र मित्रजनबाट साथ असहयोग पाउनु हुनेछ । दाम्पत्य जीवनमा विवाद हुनसक्छ । स्त्रीबाट प्राप्त हुने सहयोगले काममा सफलता मिल्नसक्छ । आफूले गरिरहेको व्यापार व्यवसायबाट हानी हुनसक्छ । धैर्यपूर्वक सोचविचार गरेर मात्र काम गर्नुहोला । मौन रहनु होला ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :- आज मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने छ । मनमा विजय प्राप्तिको खुसी छाउने छ । सोच विचार र मनमा अह्कार बढ्नसक्छ । त्यसैले आफूलाई धैर्यवान राख्नका लागि उपाय गर्नुहोला । कसैसँग विवाद हुन लाग्यो भने जल सेवन गर्नुहोला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :- दाम्पत्य जीवनमा सुख, समृद्धि हुनेछ । अर्थ लाभ हुनसक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ । रचनात्मक र कलाकारितामा मन जानेछ । सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ । सिर्जनात्मक कार्यमा मन लाग्नेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :- इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनाव हुनसक्छ । आज कसैसँग विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा अनेक आरोप लगाउन सक्छन् । हानी हुनसक्ने संभावना पनि रहन्छ । सन्तान र आफन्तजनबाट प्राप्त हुने सहयोगले कार्य सफलता मिल्नेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :- व्यापारबाट सोचेभन्दा बढी लाभ हुने देखिन्छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ । घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :- आफन्तलाईभेट गर्दा साथ सहयोग हुनक्छ । नजिकको देवालय वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :- आज उत्तम दिन छ । व्यापार व्यवसाय, लेखन र तपाईले विगतदेखि गर्दै आएको जे काम भए पनि लाभ हुनेछ । शिवालयमा गएर फलफूल प्रदान गर्नुहोला । परिवारका सदस्यलाई बस्त्र किनेर दिनुहोला ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :- बिहान सूर्यनारायणको दर्शन गर्नुभयो भने दिन उत्तम वित्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । अर्थलाभ, मित्रको साथ सहयोग र सोचअनुसार काम हुनेछ । आज बालबालिकालाई मीठा खानेकुरा दिनुभयो भने निकै खुसीयाली छाउने छ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची):- मीन राशिका जातका लागि आजको दिन उत्तम हो । आज नभुलीकन बिहान सूर्योदयको दर्शन गरेर काम गर्नुभयो भने दिन फलदायी हुनेछ । व्यापार व्यवसायबाट आंशिक सफलता भए पनि अध्ययन अध्यापनमा लाग्ने मीन राशिका जातकका लागि सफलता मिल्नेछ । आजको दिन बनेका कार्ययोजना सफल हुनेछ । गृहस्थ कर्ममा लाग्नुहोला ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १७, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
रूसको रक्षा बजेट १२६ अर्ब पुग्यो, कुल सरकारी खर्चको ३२.५ प्रतिशत
मंसिर १८, २०८१ मंगलबार
रवि लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी
मंसिर १८, २०८१ मंगलबार
पुुरुष युु–१९ एसिया कपः आज नेपाल अफगानिस्तानसँग खेल्दै
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङले गरे स्वागत
मंसिर १८, २०८१ मंगलबार
बेल्जियम बन्यो यौनकर्मीलाई अधिकार दिने पहिलो देश
मंसिर १८, २०८१ मंगलबार
मस्कको नयाँ दावीः मंगलग्रहमा पुग्न ९ महिना होइन, ९० दिनमा पुग्न सकिन्छ
मंसिर १८, २०८१ मंगलबार