दुवै मिर्गौला फेल भएका गमबहादुरको उपचारमा आर्थिक सङ्कट
नेपालबहस संवाददाता
साउन ८, २०७९ आइतबार १५:१९:४४
८ साउन, गलकोट । दुवै मिर्गौला फेल भएर काठमाडौंमा उपचार गराई राखेका काठेखोला गाउँपालिका–७ रेशका गमबहादुर किसानको उपचारमा आर्थिक सङ्कट पैदा भएको छ ।
कमजोर आर्थिक अवस्था रहेको परिवारका किसानको उपचारका लागि आर्थिक अभाव भएको भन्दै सहयोगको याचना गरिएको छ । पाँच महिनादेखि दुवै मिर्गौला फेल भएर काठमाडौंका शिक्षण अस्पतालमा उपचाररत किसानको उपचारमा परिवारको रु सात लाख खर्च भइसकेको छ । घरको आर्थिक अवस्था कमजोर भएको र ज्याला मजदुरी गरेर जीवन चलाउँदै आएका थिए ।
उनको दुवै मिर्गौलाले काम नगरेको र डाइलासिस गरिरहे पनि अहिले प्रत्यारोपण गर्न आवश्यक देखिएको परिवारका सदस्य गमबहादुरका दाजु हेमराज किसानले बताए । “घरको जायजेथाअनुसार उपचार गरिरहेका थियौँ, मिर्गौला फेर्न आवश्यक देखियो, जसका लागि आर्थिक सङ्कट पैदा भयो, आफन्तहरूले समेत सहयोग गरिसके”, हेमराजले भने, “उपचारमा समस्या भएपछि सहयोगका लागि अपिल गरेका छौँ, भाइको जीवनरक्षाका लागि सबैको सहयोगको आवश्यकता छ, परिवारका सदस्यबाट समेत मिर्गौला प्रत्यारोपण गर्न नमिल्ने देखिएकाले झनै समस्या सिर्जना भएको छ ।”
बागलुङ बजारको एक ग्रिल उद्योगमा कार्यरत किसान काम गर्दागर्दै बेहोस भएर ढलेपछि मात्रै मिर्गौला फेल भएको पत्ता लागेको थियो । उपचारका लागि पोखरा चार हप्ता राखेपछि थप उपचारका लागि काठमाडौं लगिएको हो । उनको अहिले नियमित डायलासिस भइरहे पनि जतिसक्दो चाँडो मिर्गौला प्रत्यारोपण गर्न आवश्यक देखिएको छ ।
उनको उपचारमा अझै रु सात–आठ लाख खर्च लाग्ने देखिएपछि आर्थिक अवस्था कमजोर भएको गमबहादुरको परिवारले सहयोगको याचना गरेको हो । मिर्गौलापीडित गमबहादुरलाई सहयोग गर्नका लागि उनका दाजु हेमराजको मोबाइल नं ९८६०६९७३३१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । आर्थिकरूपमा कमजोर परिवारमा दुवै मिर्गौला फेल भएपछि कहीँकतैबाट आर्थिक रकम जुटेमा गमबहादुर किसानले नयाँ जीवन पाउनेमा उनको परिवार आशावादी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार
गौशाला धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले गर्ने
असोज २०, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
इप्पानद्वारा विद्युत् बिक्री सम्झौताको स्वागत
असोज २०, २०८१ आइतबार