दार्चुलामा उद्योगदर्ता बढ्दै
नेपालबहस संवाददाता
साउन ८, २०७९ आइतबार १८:२३:४
८ साउन, दार्चुला । जिल्लामा उद्योग दर्ता गर्ने क्रम बढेको छ । विभिन्न क्षेत्रबाट अनुदान रकम आउन थालेपछि पछिल्लो समय उद्योग दर्ता गर्ने क्रम बढेको हो । जिल्लाभर उद्योगको संख्या दुई हजार ३५३ पुगेको छ । आर्थिक वर्ष २०७८÷७९ मा मात्रै ४९९ नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी गणेश गिरीले जानकारी दिए ।
आर्थिक वर्ष २०७७÷७८ मा जिल्लामा एक हजार ८५४ उद्योग दर्ता भएको थियो । यस्तै आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा १३९ वाणिज्य पसल दर्ता भएको थियो । गत वर्ष ११२ उद्योग नवीकरण भएका थिए । सात वटा उद्योगको पुँजी वृद्धि, तीन उद्योग ठाउँसारी, १५ उद्योग नामसारी र सात उद्योगका उद्देश्य थप गरिएको थियो ।
वाणिज्यतर्फ २८७ पसल नवीकरण, २५ संशोधन, १३ खारेजी, ३९ प्रतिलिपि, चार ठाउँसारी र एकको शाखा स्थापना भएको सूचना अधिकारी गिरीले बताए । उक्त कार्यालयले गत आर्थिक वर्षमा रु १० लाख १३ हजार ७१५ राजस्व संकलन गरेको थियो । कार्यालयको चालूतर्फ कूल रु दुई करोड पाँच लाख बजेट रहेकामा रु एक करोड ४६ लाख ३७ हजार ४१३ खर्च भएको थियो। यस्तै पुँजीगततर्फ कूल रु ८१ लाख ४३ हजारमध्ये रु ७१ लाख ३० हजार ४४२ खर्च भएको कार्यालयले जनाएको छ ।
मदिरा तथा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक
मालिकार्जुन गाउँपालिकाले सार्वजनिक स्थानमा मदिरा तथा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभरिका सार्वजनिक स्थानको १०० मिटरभित्र मदिरा तथा सूर्तीजन्य वस्तु बिक्री वितरणमा रोक लगाएको हो ।
मदिरा बिक्री वितरण ऐन २०३१ तथा सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ बमोजिम सार्वजनिक स्थानको कम्तीमा १०० मिटरभित्र बिक्री वितरणमा रोक लगाइएको गाउँपालिकाका अध्यक्ष हीरासिंह धामीले जानकारी दिए । गाउँपालिकाले वडा कार्यालय, पालिका कार्यालय, विद्यालय क्षेत्र वरपर मदिरा तथा सूर्तीजन्य वस्तु बिक्रीवितरण तथा ओसारपसारमा पनि बन्देज लगाएको छ । यसअघि वडा नं ५ मा मदिरा निषेधित क्षेत्र घोषणा गरिएको थियो । मदिराका कारण समाजमा विकृति बढ्दै गएकाले रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा पाटेबाघ मृत भेटियो
माघ ११, २०८१ शुक्रबार
सुशासन कायम गर्न अध्यादेशः मन्त्री गुरुङ
माघ ११, २०८१ शुक्रबार
प्रजातन्त्र सेनानी सिंहको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
इजरायली चार बन्धक छाडेको बदलामा २०० प्यालेष्टिनी कैदीको पनि रिहाई
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार