छत्रदेवमा जुंगाको लडाई, दलीय आडम्बरले बजेट समेत प्रभावित
नेपालबहस संवाददाता
साउन ८, २०७९ आइतबार २२:५३:९
♦ हरिप्रसाद भुसाल
८ साउन, अर्घाखाँची । विधिअनुसार काम भएको हुँदो हो त छत्रदेवमा यतिबेला बजेट कार्यान्वयन भइरहेको हुने थियो । नयाँ आर्थिक वर्ष सुरू भएसँगै बजेट कार्यान्वयनको चरणमा पुग्नु पर्नेमा छत्रदेव गाउँपालिका यतिबेला कामविहीन भएको छ ।
पालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए भने कार्यपालिकामा नेकपा एमालेको बहुमत छ । यही दुई पार्टीबीचको जुंगाको लडाईले छत्रदेव गाउँपालिकामा ८ साउन भइसक्दा पनि न त बजेट आएको छ न त नीति तथा कार्यक्रम मै । बजेट रोकिएपछि दैनिक कार्यसञ्चलन समेत प्रभावित भइरहेको छ । साथै, आर्थिक नियमावली पास नहुँदा वडास्तरमा समेत सिफारिस रोकिएको छ ।
कार्यपालिकाको पहिलो बैठकमै पालिका अध्यक्षले विषयगत समितिका सभापतिहरूको मनोनयन गरेपछि कार्यपालिकामा बहुमत रहेको एमाले सुरूमै झस्किएको हो । कार्यव्यवस्था नियमावलीले नै विषयगत समितिहरूको सभापति तोक्ने जिम्मा अध्यक्षलाई दिएका कारण यो छलफलकै विषय बन्न नसक्ने पालिका अध्यक्षको बुझाइ छ । ‘ मैले आफूलाई प्राप्त अधिकार प्रयोग गरी विषयगत समितिका सभापतिहरु चयन गरेको हुँ । अझ एमालेका तीन जना र कांग्रेसका तीन जना गरेर नियुक्त गरेको हुँ ।’ अध्यक्ष चन्द्रमान श्रेष्ठले भने, ‘पहिलो गाँसमै ढुंगा पार्ने गरी उहाँहरू अगाडि बढ्नुभएका कारण समस्या भएको छ ।’
यता, पालिका उपाध्यक्ष भने आफूहरू हलो अड्काउने पक्षमा हुँदै नभएको जिकिर गर्छन । ‘सकेसम्म समस्या नै नआउनुपर्थ्यो, आइसकेपछि विषयगत समितिको गठनलाई थाती राखेर बजेटलाई अगाडि बढाऔँ भनेका हौं । तर अध्यक्ष जबरजस्ति अगाडी बढेका कारण समस्या भयो ।’ उपाध्यक्ष मनि पन्थीले भने, ‘अध्यक्षमा समन्वयकारी भूमिका देखिएन, जबरजस्त अगाडि बढ्दा त कहाँ समाधान निस्कन्छ र ?’
आफूहरूले मध्यमार्गी बाटो अवलम्बन गर्न आग्रह गरे पनि कुरा जटिल बनिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थ बताउँछन् । ‘हामीले मध्यमार्गी बाटोबाट भए पनि बजेट पास गरौं भनेको थियौं ।’ पन्थले भने, ‘विषय पालिकाभित्र भन्दा पनि जिल्लास्तरको राजनीतिमा पुगेका कारण समाधान झन जटिल भयो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार