धरानका प्रहरी नै दलालीमा लागेको भन्दै युवा समूह आन्दोलित
नेपालबहस संवाददाता
साउन १०, २०७९ मंगलबार २३:२९:२०
१० साउन, काठमाडौं । प्रहरी भन्ने वित्तिकै राष्ट्र्सेवक, जनरक्षकका रुपमा सम्झिइन्छ । तर, धरानमा भने केही प्रहरीको भूमिका ठ्याक्कै उल्टो छ । उनीहरु कतिबेला कुन विरामीलाई कहाँ सार्ने ? मुर्दा बोक्न कुन शवबहानसँग कति मोलतोल गर्ने अनि औषधी पसलेसँग कति प्रतिशतसम्म मोलतोल गर्ने भन्ने मात्र ध्याउन्नमा देखिन्छन् ।
हामी नेपाली नामको संस्थाका अनुसार इलाका प्रहरी कार्यालय, धरानमा कार्यरत आधा दर्जन बढी प्रहरीले गर्दै आएको मानविय हित विपरितको कार्यले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नै बद्नाम तुल्याइरहेका छन् । शान्ति सुरक्षाका लागि खटाइएका प्रहरी नै दलालसँग मिलेर अर्थोपार्जनतिर लागेपछि धराने युवाको समूह नै प्रहरी विरुद्ध अभियान चाल्न बाध्य भएको बताइएको छ ।
घोपा बचाउँ अभियान सशक्त रुपमा अघि बढाउँदै हामी नेपाली नामको संस्थाको सहकार्यमा धरानबासी यतिबेला आन्दोलनमा उत्रेका छन् । बीपी कोइराला जस्ता मुर्धन्य व्यक्तित्वको नाममा खोललिएको सरकारी अस्पताल अर्थात् पूर्वाञ्चलकै गहनाका रुपमा लिइने अस्पताल यतिबेला चौतर्फी दलालद्धारा घेरिएको अवस्था छ भने ती दलालबाट विरामी र विरामीका आफन्तजन ठगीने क्रम दिनदिनै बढीरहेको छ । विरामी ठगिएको विषयलाई लिएर घोपा बचाउँ अभियान छेड्नु परेको हामी नेपाली नामक संस्थाका अध्यक्ष सुधन गुरुडको भनाई छ ।
अध्यक्ष गुरुडका अनुसार अस्पताल परिसरमा रहेको इप्रका धरानका प्रहरी मध्येका मनी गिरी, नगेन्द्र राई, टिकाराम कटवाल, भुपेन्द्र पोखरेल, सनम श्रेष्ठ, बालकुमार दाहाल र कृष्ण केसी विरामी ठगी कार्यमा लागि परेका हुन् । यी प्रहरीले अस्पतालको सुरक्षार्थ खटिएको बहानामा विरामी बोक्ने एम्वुलेन्स, मुर्दा बोक्ने शव वाहान र औषधी पसलेसँग कमिशन लिनैका लागि दलालसँग सम्झौता गर्नाले अस्पतालको बद्नामी भइरहेको हो ।
दुर्घटनामा परेको घाइते होस् वा अन्य गम्भीर विरामी नै किन नहोस्, उसलाई बीपी अस्पतालका केही चिकित्सक र नर्ससँग मिलेर रिफर गर्ने नाममा महंगा र दलालीबाट सञ्चालित अस्पतालमा उपचार गराउन लैजाने, मुल्यमा बढोत्तरी गराई शवबहान झिकाउने, विरामी र विरामीका आफन्तलाई औषधी किन्न बजारमा जान नदिएर अस्पताल परिसरमै रहेका केही फार्मेसीका दलालमार्फत अस्पतालकै वार्ड(वार्डमा दुई तीन गुणासम्म महंगो औषधी भिडाउने जस्ता विकृतिले गर्दा सिंगो अस्पताल र त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी समेत विवादमा तानिने गरेका छन् ।
प्रहरीको काम शान्ति सुरक्षा मात्र रहेकाले त्यही अनुसारको ड्यूटी खटाउन र मातहतका प्रहरीलाई त्यसैअनुसार खटाउन हामी नेपाली नामक संस्थाका प्रतिनिधिले बारम्बार जिल्ला र प्रदेश प्रहरी कार्यालयका प्रमुखसँग गुनासो गर्दा समेत सम्वोधन नभएको बताए । विगतमा कारवाही परेर तानिएका प्रहरी पुनः फर्काइएकोमा आश्चर्य मान्दै हामी नेपाली नामको संस्थाका अध्यक्ष गुरुड भन्छन्, सेटिङ नभए के हो त ? इमानदारिताका साथ ड्यूटी गर्न अस्पतालमै फर्कीफर्की आउनु पर्छ र ?
गुरुडका अनुसार त्यसरी सोर्स लगाएर अस्पताल ड्यूटीमा खटिनेहरुले माथिसम्मका हाकिमको चित्त बुझाउने गरेका हुन्छन् । “यस्ता दलालबाट अस्पताल जोगाउन अब दलाल सफाया अभियान चलाउनु पर्छ, त्यसका लागि हामी जस्तोसुकै आन्दोलन गर्न पनि तम्तयार छौं” गुरुडले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार