ग्रामीण क्षेत्रको विकास सरकारको प्राथमिकतामा : वरिष्ठ नेता पौडेल
नेपालबहस संवाददाता
साउन १०, २०७९ मंगलबार २३:४५:५
१० साउन, दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँको विकास नै देश विकासको जग भएको बताएका छन् । तनहुँको व्यास नगरपालिका–१३ र १४ का विभिन्न ठाउँमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले ग्रामीण क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे ।
गाउँमै रोजगारी र गाउँमै आम्दानी भएमात्रै गाउँमा मानिस बस्ने भएकाले अबको प्राथमिकता त्यसतर्फ हुनुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ थियो । “रोजगारी र सुविधा खोज्दै सहरमा बसाइँसराइ बढेपछि गाउँ रित्तो हुने अवस्थामा पुगेको छ, अब गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गराएर गाउँमै बसूँ बसूँ बनाउनेतर्फ लाग्नुपर्छ”, उनले भने ।
गाउँको विकास आफ्नो एकमात्र लक्ष्य रहेको वरिष्ठ नेता पौडेलले बताउनुभयो । “तनहुँका ग्रामीण क्षेत्रमा मेरो नेतृत्वमा विकासका योजना सुरु भएको हो, त्यसलाई पूरा गराउने जिम्मेवारी पनि मेरो हो, अधुरा योजना पूरा गराउनेतर्फ लागेको छु”, उनले भने । फरक प्रसंगमा वरिष्ठ नेता पौडेलले पाँच दलीय गठबन्धन देशको आवश्यकता रहेको जिकिर गरे । उनले संविधानको रक्षाका लागि गठबन्धन गरिएको भन्दै त्यसलाई निरन्तरता दिइने बताए ।
गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले कांग्रेसको नेतृत्वमा विकास अभियानले पूर्णता पाउने बताए । यही साउन ८ गतेदेखि गृहजिल्लामा रहेका पौडेलले विभिन्न ठाउँमा जनतासँग भेटघाट गरेका छन् । पौडेलले सोमबार व्यास–७ को कलेस्ती, छापथोक, मेवाबारी, जौबारी र गैह्रीस्वाँरा तथा भानु नगरपालिका–१३ को पोखरीछाप, टुटेपानी, बाँसपानी, बयापानी, ओख्ले, रायपाली, अर्चले, रतनपुर, आहालेमा जनतासँग भेटघाट गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा
पुष २८, २०८१ आइतबार
सरकार पक्षको मुद्दामा ३६.८७ प्रतिशत सफलता हासिल
पुष २८, २०८१ आइतबार
महोत्सवमा धामीझाँक्री कौशल प्रदर्शन
पुष २८, २०८१ आइतबार
भीड तथा दङ्गा नियन्त्रण अभ्यास प्रदर्शन
पुष २८, २०८१ आइतबार
यसवर्ष महोत्तरीमा धान उत्पादन बढ्यो
पुष २८, २०८१ आइतबार
सिद्धार्थ लाईफ केयरद्वारा मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर
पुष २८, २०८१ आइतबार